
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्रकला भण्डारी भद्रपुर, १५ कात्तिक । स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरी न्यायिक सम्पादन गर्दै आएको छ । कतिपय स्थानीय तहको आफ्नै भवन छैन । भवन भएकामा कोठा अभावका कारण छुट्टै इजलास कक्ष बन्न सकेको छैन । न्याय सम्पादनकै क्रममा कतिपय बेला पीडित र पीडकबीच हात हालाहालकै अवस्था सिर्जना हुने गरेको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले इजलास कक्षभन्दा बाहिर न्याय सम्पादनमा गोपनीयताको समस्या आउने बताउनुहुन्छ । अधिवक्तासमेत रहनुभएकी श्रेष्ठले नगरपालिकाको बन्दै गरेको भवनमा व्यवस्थित इजलास कक्ष…
दमक, १५ कात्तिक । परिवर्तनका लागि युवा नामक संस्थाले पुनःनिर्माण गरेको एक घर दमक–१० की एक बृद्धालाई हस्तान्तरण गरेको छ । आफ्नै घरमा पुनःस्थापना हुनपाएपछि वृद्धा बसन्ता रिजाल हर्षित हुनुभएको छ । स्थानीय सेतुमारी निवासी रिजाल आफ्ना दुई नातिनीका साथ जीर्ण घरमा बस्दै आउनुभएकामा घरलाई सो संस्थाको पहलमा पुनःनिर्माण गरी बुधबार आयोजित कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले घरको साँचो वृद्धालाई हस्तान्तरण गर्नुभएको हो । पचहत्तर वर्षीया रिजालको दैनिकी दिनदिनै कष्टकर बन्दै गएकाले उक्त संस्थाले स्रोत जुटाएर घर पुनःनिर्माण गरेको थियो । छोरा छ महीनाको हँुदा विसं २०२५ मा श्रीमान् गुमाउनुभएकी रिजालको सोही छोराको पनि विसं २०६२ मा भारतको गुजरातमा…
काठमाडौं, १५ कात्तिक । रियल मड्रिडले प्रशिक्षक परिर्वतन गरेपछिको आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको छ । रियलले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ अन्तर्गत पहिलो लेगमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि प्रशिक्षक जुलेन लुपेटेगुईले रियल मड्रिड सम्हाल्दा ला लिगा फुटबलमा अन्तिम ५ खेलमा ४ खेलमा हार र १ खेलमा मात्रै बराबरी खेलेको थियो । प्रशिक्षक लुपेटेगुईलाई रियलले यसै साता मात्रै बर्खास्त गरेको थियो । बुधबार राति भएको पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गर्ने क्रममा करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले गोल गरे । खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल…
वीरगञ्ज, १४ कात्तिक । विसं २००७ देखिका विभिन्न आन्दोलमा भाग लिएका स्वतन्त्रता सेनानी ९४ वर्षीय हरिहर गुप्ताको आज निधन भएको छ । विसं २०१० मा बिपी कोइरालासँगै निर्वासित जीवन बिताई मेलमिलापको अवसरमा स्व कोइरालासँगै नेपाल प्रवेश गरेका गुप्ता केही दिनदेखि मिर्गौला तथा हृदय रोगबाट पीडित भई वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहनुभएको थियो । तीन छोरा र तीन छोरीका पिता गुप्ताको आजै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
भद्रपुर, १४ कार्तिक । मुनाल फुटवल एकाडमी चन्द्रगढीले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला सहित ६३ जनाले रक्तदान गरेका हुन् । क्लबका अध्यक्ष अशारु राजवंशीको अध्यक्षता तथा भद्रपुर १० का वडा सदस्य श्यामकुमार राउत , वडा नम्बर ७ का सदस्य कोषराज पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबमा आबद्ध खेलाडी, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो
भद्रपुर, १४ कार्तिक । दिपावलीको अवसर पारेर एक कार्यक्रमका बीच ४० जना जेष्ठ नागरिकलाई भद्रपुरमा सम्मान गरिएको छ । पूर्व न्यायाधिस तथा समाजसेवी नन्दप्रसाद पौडेलको अगुवाईमा भद्रपुर ८ स्थित राधा नन्द मिनी मार्केटमा ६० वर्षमाथिका अग्रज जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । नन्दप्रसाद पौडेलको अध्यक्षता तथा भाषा सेवी चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज व्यक्तित्व विश्वनाथ अधिकारी, नारायणप्रसाद पराजुली, धनबहादुर लिम्बू, नारायण गिरी लगायतले मन्तव्य राख्दै समाजमा जेष्ठ नागरिकको कदर गर्ने परम्परा हराउनु नहुने धारणा राखेका थिए । सयपत्री फूलको माला र अविरले सामाजिक अगुवा जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज विशेष…
सुरेन्द्र भण्डारी सुरुङ्गा, १४ कात्तिक । एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उहाँ विदेशिनु भयो । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उहाँले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुग्नुभयो । चार वर्षसम्म मलेसियामा काम गर्नुभएका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउनुहुन्थ्यो । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे…
डा सर्वेश्वर सौरभ पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ। यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ। विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने…
विराटनगर, १४ कात्तिक । प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताउनुुभयो । बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरका रुपमा विकास गर्न स्वीकृति प्रदान…
काठमाडौँ, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त…