
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ५ पौष । प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जना प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका–२ बस्ने ३८ वर्षको रामप्रित पासवान, ५५ को पन्चु साह, ६५ को सुर्य नारायण साहतेली, ५५ को डोमी पासवान, ३५ को श्रवण कुमार साह र ४५ को रविलाल मण्डललाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल श्रावण १६ गतेको फैसलाले उक्त मुद्धामा जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो । दिउँसो २ बजे गोपय सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका–२ मा लुकिछिपी…
मोरङ, ५ पौष । बिराटनगर महानगरपालिका–४ महेन्द्र चोकबाट प्रहरीले बुधवार १ युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१५ बस्ने बर्ष २२ को विकाश साहलाई पक्राउ गरेको हो । साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल–४० एम्पुल, डाईजेल्याव–३९ एम्पुल र लुपिजेसिक–३८ एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागुऔषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सिरहा, ५ पुस । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताउनुभयो । कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिइ मौकाको फाइदा उठाउने गरेका छन् । अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा…
कावासोती, ५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो भयो । उहाँका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करीब ३५ जना यात्रु…
भद्रपुर, ५ पुस । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी पत्नी गीता भण्डारीले बताउनुभयो । “हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो । नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाड्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उहाँ सम्पर्कविहीन हुनुभएको खबर आएलगत्तै खोजीकार्यका लागि…
काठमाडौँ, ५ पुस । संविधानअनुसार राज्यका काम फटाफट अघि बढ्नुपर्ने बेलामा राज्यलाई बाटो देखाउने निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समिति नै अलपत्र परेको छ । सरकारको कम कारबाही नीति कार्यान्वयनको अवस्थ हेर्नै जिम्मेवारी पाएको उक्त समितिले अहिलेसम्म कार्यविधि र कार्यदिशा तय गर्न नसकेको स्वंय सांसदहरु नै स्वीकार्छन् । ‘गठन भएको ३ महिना पुग्न लाग्यो एउटै गम्भीर बैठक बसेको छैन, ३ वटा सामान्य बैठकचाहिँ बसेको थियो ।’ एक सांसदले भने । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, ५ पुस । गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आिर्थक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ । बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए । ठूलो परिणाममा चिनी मौज्दात रहेको…
लेखनाथ, ५ पुस । मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुधबार सजाय सुनाएको हो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका से्रस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कञ्चनपुर, ५ पुस । निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ । प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन । स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ । प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आई नै नपुगेको दाबी गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, ५ पुस । केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको आजको कान्तिपुर दैनिकमा खबर छ । यस्तो छ कोड पैसा : द मोबाईल : कान पकेटमारीपीडित : रामे मुख्य पाकेटमार : काशी पैसा धेरै : टानको द पैसा थोरै छ ः जुटको द गाडी : काँचा केटा : छापा केटी : भद्री पुलिस आयो : ठुल्दाई आयो ड्राईभर : माम खलासी : मले गाडीबाट…