झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ३ पुस । मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ । एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही मापदण्डका आधारमा स्वास्थ्य परीक्षण संस्था टुंगो लगाउने उल्लेख छ । तर, मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाईनसकेको मन्त्रालयले जनाएको छ । धेरै सम्झौता कार्यान्वयनको तयारीमा केही समय लागेकै हुन्छ, मन्त्री विष्टले भने, कार्यान्वयनको नाममा फेरि पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने, अन्यायमा पर्ने र बिचौलियाहरुलार्य मोटाउन दिने अवस्था दोहोरिन दिने पक्षमा छैन । सबै कुरा विधिसम्मत् परादशी र न्यायोचित होस् भन्ने हाम्रो मान्यता हो । आजको नयाँ पत्रिकामा खबर छ…

Read More

रुकुम, ३ पुस । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् । मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४ बर्षीय केमनासिङ सार्की र मुसीकोट १२ नयाँगाउक २१ बर्षीय लबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार मृतकले आईतबार साँझ बिहेघरमा व्यवस्था गरिएभन्दा छुट्टै रक्सी सेवन गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

दमक, २ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशस्तरीय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।  गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २७ आँै वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशभित्रका पब्लिक क्याम्पसलाई शैक्षिक तथा भौतिक रुपमा व्यवस्थित गर्न प्रदेश सरकारले विश्वविद्यालय बनाउन लागेको जानकारी दिनुभयो । मन्त्री कार्कीले प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेको बताउँदै ती क्याम्पसमा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित गर्न पहिलो पटक प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्न लागेको धारणा व्यक्त गर्नुभयो । “भद्रपुरदेखि विराटनगरसम्मको सडक अबको दुई वर्षभित्रमा कालोपत्र सम्पन्न हुनेछ,” उहाँले भन्नुभयो । क्याम्पसप्रमुख सर्वतलाल राजवंशीले…

Read More

काठमाडौँ, २ पुस । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ…

Read More

काठमाडौ, २ पुस । नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन यही पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ । महासङ्घको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि कार्ययोजना, महासङ्घको भावी रणनीति र साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो । सम्मेलनमा केन्द्रीय समिति, दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २०० सहभागी हुनेछन् ।

Read More

राजाराम कार्की काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिनुभएको छ । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उहाँहरुले सुझाव दिनुभएको छ । कार्यकर्ताको भावना अनुरुप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उहाँहरुको जोड छ । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको राससलाई जानकारी दिनुभयो । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने…

Read More

काठमाडौँ, २ पुस । काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७ ओभर ५ बलमा मात्र पाँच विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि केभिन ओब्राएनले नटआउट ४५ रन जोडे । प्रदीप साहुले अविजित २१ रन जोडे । विराटनगरका पारस खड्का र भान डेर मेर्वीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको पारस खड्काको कप्तानीमा रहेको विराटनगरले…

Read More

सान नेपाल गौरादह, २ पुस । आरम्भ फाउण्डेशन झापा च्याप्टरले गौरादहमा मावि स्तरको वृहत विज्ञान प्रदर्शनी हुने भएको छ । आरम्भ फाउण्डेसन झापा शाखा मुख्य आयोजक र विद्योदय शिशु सदन सह–आयोजक रहने गरी यहि पुष ६ र ७ गते उक्त प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनी गौरादह २ मा रहेको विद्योदय शिशु सदनमा आयोजना गरिने जनाइएको छ । फाउण्डेशनले सोमवार गौरादहको दुर्गा मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो । प्रदर्शनीको माध्यमबाट आधुनिक विश्वमा भइरहेका वैज्ञानिक आविस्कार र अनुसन्धानहरुबारे जानकारी दिईने साथै विद्यार्थीहरु बिच प्रस्तुतिकरण र परिचयात्मक क्षमताको विकास गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताईएको छ ।…

Read More

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे ९रेडपाण्डा०समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताउनुभयो । पर्यटकको सङ्ख्यामा वृद्धि जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।…

Read More

सागर गौतम खुदुनाबारी, २ पुस । अर्जुनधारा नगरपालिकाको आयोजनामा संचालित ६ महिने निःशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगर स्तरीय संचालित सो तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । दुईवटा केन्द्रमा प्रशिक्षार्थीले तालिम लिएको महिला तथा बालबालिका शाखाका पवित्रा बाँस्कोटाले जानकारी दिइन । नगरपालिकाले तालिमप्राप्त ४० जनालाई प्रमाणपत्र समेत उपलब्ध गराएको छ । उक्त प्रमाणपत्र नगर प्रमुख हरि कुमार राना र उप–प्रमुख कमला खतिवडाले सहभागिता जनाएका ४० प्रशिक्षार्थीलाई हस्तान्तरण गरेका थिए । तालिम समापन कार्यक्रमका अध्यक्ष रहेका नगर प्रमुख रानाले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । मेसिन…

Read More