
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १८ फागुन । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छिन् । नेपालतर्फ भएका विद्यालय पनि बन्द…
झापा, १८ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ । व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गरेका हुन् । संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई सो रकम धमलाले हस्तान्गरण गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने धमलालाई कदरपत्रद्वारा सम्मान प्रदान गरिएको छ । संघका अध्यक्षसहित पदाधिकारी र सदस्यले धमलाको…
नरेश गुरुङ बिर्तामोड, १८ फागुन । काठमाडौंको दशरथ रंगशालामा चैत्र १६ गतेदेखि सुरु हुन लागेको एनएसएल सुपर लिगमा पूर्वको प्रतिनिधित्व गर्दै झापा एफसीले पूर्वतयारी सार्वजनिक गरेको छ । लिगमा झापा एफसीको तयारी तथा भावी योजना सार्वजानिक गराउने उद्देश्यले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा देशको फुटबल खेल राजधानीमै सीमित भइरहेको अवस्थामा खेल क्षेत्र विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिनुहुँदै झापा एफसीका अध्यक्ष अर्पण खड्काले फुटबल लिग होम एण्ड अवेको अवधारणामा आधारित भए मात्र देशको फुटबलको विकास, प्रवर्द्धन र व्यवासायिकतामा परिवर्तन आउने बताउनुभयो । उहाँले यो पटक एनएसएल सुपर लिग च्याम्पियन बन्ने लक्ष्यका साथ रणनिति तयारी गरेको बताउनुभयो। झापा एफसीले…
चन्द्र बस्नेतकनकाई, १७ फागुन । शवदाह गृहको भवन निर्माणका लागि नगरको तर्फबाट तत्काल काम सुरु गर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। कनकाई नगरपालिका ४ कनकाई माईको पुर्वि तटमा रहेको कनकाई घाट संस्थाको नव निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट भवन निर्माण गर्नका लागि केही रकम छुट्टीएको र स्थानीय सरकारबाट पनि जति सक्दो सहयोग गरेर काम अगाडी बढाउने प्रतिवद्वता जनाउनुभयो।उहाँले सुरुवाती चरणमा काम गर्ने क्रममा असहज नभएपनि त्यसलाई निरंतरता दिनुसक्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पानीको समस्या समाधान गर्न सिचाई बोरिङ (मोटर)…
सङ्खुवासभा, १७ फागुन । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।
झापा, १७ फागुन । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठुलो…
बिर्तामोड, १७ फागुन । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । भण्डारीलाई शनिबार शिवसताक्षीमा आयोजित एक कार्यक्रमका बिच नेताहरुले पार्टीमा स्वागत गरेका हुन। अनेरास्ववियुमा लामो समय कृयाशिल युवा नेता, १ नम्बर प्रदेशका पूर्व सांसद हिराकुमार थापाका स्वकीय सचिवसमेत रहेका भण्डारीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का झापा इन्चार्ज रञ्जित तामाङ, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिह दर्लामी, जिल्ला संयोजक राजु आचार्य (अग्नी), अखिल (क्रान्तिकारी) का निवर्तमान उपमहासचिव खगेन्द्र सुवेदी, केन्द्रीय सदस्य नविन सिटौला, निवर्तमान झापा अध्यक्ष रन्जन धमला लगायतले नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)…
भद्रपुर, १७ फागनु । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बीओपी महेशपुरको टोलीले हिजो साँझ भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीनवटा पोकामा २९८ ग्राम…
भद्रपुर, १७ फागुन । झापाको भद्रपुर नगरपालिका–४ स्थित इस्ट पोइन्ट इंग्लिस स्कूलले २५ औं रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्राङ्गणमा आज विविध कार्यक्रमका साथ स्कूलले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । स्कूलको शिक्षक अभिभावक संघ अध्यक्ष नानु ढुंगेलको अध्यक्षता तथा समाजसेवी दीलबहादुर थवेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थेवेले विद्यालयको श्रीबृद्धिमा सबैको भूमिका हुनुपर्नेमा जोड दिनुभयो । स्कूलले विद्यार्थीलाई उचित शिक्षा दिनुपर्ने बताउनुहुँदै उहाँले अभिभावकले समेत स्कूललाई साथ सहयोग दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा स्कूलका सञ्चालक राजेन्द्र घिमिरेले विद्यार्थीलाई शिक्षा मात्र नभई संस्कारयुक्त शिक्षामा स्कूलले प्रदान गरिरहेको बताउनुभयो…
झापा, १७ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू९भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना…