झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गौशाला, ६ मङ्सिर । प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ । बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।

Read More

राँझा, ६ मंङ्सिर । नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो । सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आउनुभएका उहाँ दश दिनदेखि अस्पतालमै हुनुहुन्थ्यो । सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उहाँको मुटुको शल्यक्रियासमेत भएको…

Read More

काठमाडौं, ६ मंसिर । शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए । तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त…

Read More

भद्रपुर, ६ मंसिर । भद्रपु नगरको पिछडिएको वडाका रूपमा रहेको ६ नम्वर वडा खुला दिसामुक्त घोषित भएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई स्वच्छताको प्रमाण पत्र प्रदान गर्दै खुला दिसामुक्त घोषणा गरेका हुन् । १ हजार ४ सय ४८ घर धुरी रहेको सो वडामा ९५ प्रतिशत बढी घरमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको हो । आदिवासी तथा सिमान्तकृत बस्ती बढी भएको सो वडामा सरसफाइका लागि स्तर बृद्धि गर्न जनप्रतिनिधि, कर्मचारी सामाजिक संघ संस्था, स्थानीयले उल्लेखनीय भूमिका खेलेको भन्दै नगर प्रमुख श्रेष्ठले प्रशंसा समेत गरेका थिए । वडाध्यक्ष प्रेमबहादुर बरूवालको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार…

Read More

भद्रपुर, ६ मंसिर । बहुप्रतिभाशाली गायिका मेनुका पौडेललाई भारतीय रियालिटी सो सारेगममा विजयी गराउन स्थानीय सरकारमार्फत आर्थिक सहयोग स्वरूप ६१ हजार प्रदान गरिएको छ । झापा हल्दिबारी–४ की स्थायी बासिन्दा पौडेलले आर्थिक अभावका कारण गायन प्रतियोगितामा हार खानु नपरोस् भनेर वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट सो रकम सहयोग गरिएको हो । न्युन आर्थिक अवस्था भएकी सामान्य परिवारकी प्रतिभावान गायिका पौडेलले गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलमा पनि ११ औं स्थानसम्म जित्न सफल भएकी थिइन । दर्शकको भोटिङ कम पाएपछि बाहिरिएकी गायिका पौडेलले भारतको जी टि भी च्यानलबाट प्रसारित सारेगममा लाखौं प्रतिष्पर्धीलाई उछिन्दै १३ स्थानमा आइ पुगेकी छिन्…

Read More

उदयपुर, ६ मंसिर । भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् । भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

भक्तपुर, ६ मंसिर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ । यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ । प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

Read More

काठमाडौं, ६ मंसिर । नवगठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ? पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् । ‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको…

Read More

मुगु, ६ मंसिर । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ। उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन्। यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन हिँडेर गमगढी आइपुग्छन्। मुगुबाट दुःखकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूका भनाइ छ। मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन। स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो। स्थानीयलाई सिमकोट पुग्न…

Read More

काठमाडौं, ६ मंसिर । नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ केन्द्रिय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजितरुपमा उचालेको आरोप लगाएको छ । उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने सर्तमा भने — यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो । स्मरणीय छ, केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्बाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More