
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ मंसिर । झापाको बिर्तामोड नगरपालिकाले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले उक्त कार्यसँगै सञ्चार क्षेत्रको विकासका र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो । उहाँका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ भने नगरको एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिनेछ । नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एक जना पत्रकार र एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत…
बैतडी, १२ मङ्सिर । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो । जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज९रुडेस०को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत…
उर्लाबारी, १२ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।
काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार कहाँ छ ? के गर्दै छ ? कतिले भने– सरकारले सिन्को पनि भाँचेन, कतिले भने– सरकारले जुम्रो पनि मारेन,’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, यो सरकार बनेको जुम्रा मार्न, सिन्का भाँच्न होइन, देश बनाउन हो ।’ ओलीले अगाडि भने, ‘आज म भन्न चाहन्छु, सरकार खोज्न पावरवाला चस्मा लाउनुपर्दैन, खोज्नुपर्दैन, नचाहे पनि तपाईले सरकार देख्नुहुनेछ, त्यो तपाईको बाध्यता हुनेछ ।’ आजको…
काठमाडौँ, १२ मंसिर । उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा मिल्क होलिडे देखापर्न थालेको छ । मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन (कात्तिकदेखि फागुनसम्म)मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ…
इस्लामवाद, १२ मंसिर । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ । सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो । भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजले मोदीलाई निम्ता गरिने जानकारी दिए । सार्क सम्मेलन जसरी पनि सफल बनाउने उनले बताए । यद्यपि भारतसँगको सम्बन्ध नाटकीय रुपमा सुधार हुन नसक्ने फैजलको भनाई छ । हामीले भारतसँग युद्ध लडेका छौँ । एकाएक सम्बन्ध सुधार हुन सक्दैन, समय लाग्छ, उनले भने । हरेक दुई बर्षमा आयोजना हुने सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो…
काठमाडौँ, १२ मंसिर । सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखिएको हो । बाँदर प्रजातिको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रबारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, १२ मंसिर । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो । चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपुर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
मेचीनगर, १२ मंसिर । शौचालय नबनाउने नगरबासीलाई नगरपालिकाले दिने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताएपछि पछिल्लो समय मेचीनगरमा शौचालय निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । योसँगै मंसिर १५ गते मेचीनगर नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको छ । कुल १५ वटा वडा रहेको मेचीनगरमा अब वडानम्बर ६ र ८ खुल्ला दिशामुक्त वडा घोषणा हुन बाँकी छन् । ६ नम्बर वडा आगामी १३ गते खुल्ला दिसामुक्त वडा घोषणा हुदैछ भने ८ नम्बर अन्तिम तयारीमा छ । मंगलबार वडानम्बर ५ र ७ खुल्ला दिशामुक्त वडा भएको नगरप्रमुख विमल आचार्यले घोषणा गरे । मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार…