झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, २८ कात्तिक । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय जीपले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

Read More

इनरुवा, २८ कात्तिक । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताए ।

Read More

इलाम, २८ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । इलाम सन्दकपुर गाउँपालिकामा हिजो आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ” इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलकार पु¥याउने काम केही वर्षभित्रै पूरा गर्ने बताउनुभयो । “माईमझुवाको बुधबारेबाट सन्दकपुरसम्म केवलकार मेरै कार्यकालमा पुग्छ”, उहाँले भन्नुभयो, “रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा अबको तीन वर्षभित्रमा पक्की सडक पु¥याउने जिम्मा आफ्नो छ ।” नेता खनालले आफ्नो निर्वाचन क्षेत्रमा बहुआयामिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण…

Read More

सुरुङ्गा, २८ कात्तिक । छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको हिजो ट्र्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Read More

सुरुङ्गा, २८ कात्तिक । प्रदेश नं १ का प्रमुख डा गोविन्द सुब्बाले सबै नेपालीको साझा पर्वका रुपमा छठ पर्वलाई लिइएको बताउनुभएको छ । कनकाई छठ सेवा समाजले माईखोलामा आयोजना गरेको छठ पूजा महोत्सवको उद्घाटन गर्दै उहाँले छठ पर्व अब मधेशको मात्र नभएर समस्त नेपालीको साझा पर्व भएको बताउनुभयो । कनकाई माईको पूर्वी तटमा पूजा सम्पन्न गर्न ६ दर्जनभन्दा बढी घाटहरु बनाइएको छ । सिटौलाबाट अघ्र्य नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बाह्रदशी गाउँपालिकामा पर्ने घाग्रा खोलामा आज साँझ छठी मातालाई अघ्र्य दिनुभएको छ । छठ पूजा व्यवस्थापन समिति बाह्रदशीले आयोजना गरेको छठ पूजा समारोहमा सहभागी हुन आउनुभएका नेता सिटौलाले सो अवसरमा…

Read More

काठमाडौँ, २७ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा…

Read More

झापा, २७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाका केही वडामा डेंगु संक्रमण दर उच्च भएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । नगरको वडा नं. ३ को तेलपानी क्षेत्र, वडा नं. १० को धुलाबारी क्षेत्र, वडा नं. १२ को माथिल्लो धाइजन क्षेत्र र वडा नं. १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिनुभयो । ‘मेचीनगरमा डेंगुको जोखिम उच्च देखिएको छ’, उहाँले भन्नुभयो, ‘बेलैमा रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।’ अभियान अन्तरगत डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र…

Read More

विष्णु नेपाल विराटनगर, मोरङ, २७ कात्तिक। ‘खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उहाँको अनौठो कला र सीप छ” अभिभावक एकैस्वरमा भन्दछन् । करीब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै सङ्क्रमण हुन पुगेको छैन । “मैले स्वास्थ्य मन्त्रालयबाट खोप…

Read More

उर्लाबारी, २७ कात्तिक । मोरङको उर्लाबारी–७ स्थित मावा नदीको किनारामा छठ पर्व मनाउन अन्तिम तयारी भइरहेको छ । मावा नदीको किनारामा करिब एक हजार पाँच सयवटा घाट निर्माण गरिएको मैथिली समाज सेवा समिति उर्लाबारीका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए । अहिले सो स्थानमा स्टेज निर्माण भइरहेको र भोली सो स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिने चौधरीले जानकारी दिए । मावा नदीको किनारमा मंगलबार अस्ताउँदो सुर्य र बुधबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पुजा मनाइने उनले बताए । मंगलबार रातभर भजनकिर्तन गरेर जाग्राम बस्ने र भजन किर्तन टोलीहरुलाई निमन्त्रणा गरिएको पनि उनले जानकारी दिए । छठ पुजालाई भब्य र सभ्य…

Read More

दमक, २७ कात्तिक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआउनुभएको थियो । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More