झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जनकपुर, १९ कात्तिक । घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् । ‘बोक्सी भन्दै मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाए र जरिवाना तोकिदिए ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

स्याङ्जा, १९ कात्तिक । चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए । जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ । आजको कान्तिपुरमा खबर छ ।

Read More

भद्रपुर, १९ कात्तिक । भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकमा डेढ महीनाअघि प्रहरी बिट राखिएको थियो । नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आइतबार वडामा एक कार्यक्रमको आयोजना गरी मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभयो । सो प्रहरी बिटमा दुई जना प्रहरी २४ सैँ घण्टा रहने गरेको प्रहरी उपरीक्षक…

Read More

झापा, १९ कात्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका…

Read More

काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ । मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आज अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो ।

Read More

बिर्तामोड, १८ कात्तिक । सामाजिक क्षेत्रमा क्रियाशील संस्था पहिलो पाइला नेपालले ‘भाग्य बोक्ने झोला अभियान’मा सहयोग गर्न दातालाई अपिल गरेको छ । झापाको बिर्तामोडमा आइतबार पत्रकार भेटघाट गरी संस्थापक महासचिव विजय खड्काले अभियानमा ५ लाख रुपैयाँ लाग्ने र हालसम्म १ लाख रुपैयाँ संकलन भएको जानकारी दिए । बाँकी रकम जुटाउन संस्थाले नसक्ने भएकाले सहयोगको अपिल गरिएको हो । संस्थाले ०७४ माघ १० गते लमजुङका ३ विद्यालयका ५० जना विपन्न तथा कमजोर आर्थिक अवस्थाका बालबालिकालाई झोला वितरण गरी अभियान सुरु गरेको हो । सोही कार्यक्रममार्फत एक वर्ष भित्र देशभरका एक हजार जना बालबालिकालाई शैक्षिक सामाग्री सहितको झोला वितरण गर्ने प्रतिबद्धता व्यक्त…

Read More

काठमाडौँ, १८ कात्तिक । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

Read More

अछाम, १८ कात्तिक । मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन । यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा सक्रिय महिला सञ्जालले दशैंको समयमा पनि मदिरा प्रतिबन्ध गराएको थियो । सञ्जालको निर्णय विपरीत कार्य गर्नेलाई कारवाही गरिएको महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताउनुभयो । उहाँले भननुभयो, “मदिराका कारण महिला हिंसाका घट्ना बढ्न थालेकाले यो अभियान चलाएका…

Read More

तेह्रथुम, १८ कात्तिक । छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ । गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालिका–५ बिखे बस्तीबाट डिप बोरिङमार्पmत पानी निकालिएको हो । डिप बोरिङ गरेको पानी गाउँपालिकाका चार वडाका गाउँ बजार र विद्यालयमा पु¥याइएको छ । एक हजार ७०० मिटर उचाइको डाँडामा १३२ मिटर तलबाट डिप बोरिङ गरी पानी निकालिएको हो ।

Read More

भीमदत्तनगर, १८ कात्तिक । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा का अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालममै उपचार भइरहेको छ ।

Read More