झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २६चैत्र । झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका–४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह–२ का २४ बर्षीय मनोज भारतीलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका(८ का २८ बर्षीय मिलन थापा र ३९ बर्षीय केशर कुमार मगरलाई ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको…

Read More

झापा, २६ चैत । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयबासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरोकार भएकाहरूले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताउनुभयो । उहाँले सुक्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धुलोले वायु प्रदूषणको रुप लिएको भन्दै यसबाट सर्वसाधारणको स्वास्थ्यमा…

Read More

झापा, २६ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका धेरै स्थानहरूमा लामो समयदेखि वर्षा नभएको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै…

Read More

झापा, २६ चैत । सुनसरीको धरान उपमहानगर–६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले जानकारी दिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली खटिएको थियो । शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का…

Read More

शिवसताक्षी, २५ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१को आज भएको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ लाई १–० गोलअन्तर हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो । वडा नं. ८ का तर्फबाट खेलको ४५ औं मिनेट जर्सी नं. १४ का सोहन थापाले गरेको गोल नै निर्णायक हुन पुग्यो । वडा नं. ११ ले धेरै अवसर पाए पनि गोलपोष्ट प्रहारगरेको बल गोलमा परिणत हुन सकेन । खेलको म्यान अफदी म्याच वडा नं. ८ का सोहन थापा घोषित भए । उनले नगद २ हजार १०० प्राप्त गरे । प्रतियोगिताको फुटबल…

Read More

झापा, २५चैत । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नम्बर ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो । पालिकाका…

Read More

बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ । १. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ । २. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ । ३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम…

Read More

काठमाडौँ, २५ चैत । ‘कल्ली’ हाल छायाङ्कन भइरहेको फिल्म हो । फिल्मको विगत केही सातादेखि जुम्लामा छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । फिल्म काठमाडौँमा केही दिन छायाङ्कन गरेर निर्माण पक्ष जुम्ला पुगेको हो । फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माण पक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन । फिल्मका निर्माता किरण नेपालीका अनुसार अब एक सातामा छायाङ्कन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली…

Read More

हरिप्रसाद कोइरालाउर्लाबारी, २५ चैत । शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् । यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइनेछ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष…

Read More

काठमाडौँ, २५ चैत । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म सोही कारगारमा रहने छन्। बुटवलको सुप्रिम सहकारी ठगीमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश गरेको थियो। आदेश प्राप्त भएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई काठमाडौँको बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो।…

Read More