झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं ,१८ फागुन । दयाहाङ राई, विजय बरालको शीर्ष भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आइतबारदेखि सुरु भएको छ । छायांकनअघि बुढानिलकण्ठ मन्दिरमा शुभसाइत पूजा गरियो । दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । तिहारको लक्ष्मीपूजा अवसरमा कात्तिक ३ गते प्रदर्शन लक्ष्य छ । फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, मओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय हुनेछ । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन हुनेछ । सामाजिक कथावस्तुमा…

Read More

एजेन्सी, १८ फागुन । बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई बस ठोकिँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो। पोटोसी विभागमा उयुनी सहरनजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ।’ अन्य ४१ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृतकमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित ६ जना विदेशी नागरिक छन्। अन्य सात नाबालकको पनि मृत्यु भएको छ। दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो। यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ…

Read More

चितवन, १८ फागुन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो । निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका…

Read More

झापा, १८ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् । समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ । च्याम्पियन्स ट्रफी क्रिकेटमा हिजो भएको समूह ‘बी’ को खेलमा इङ्गल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो । जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बनेको हो । ४…

Read More

पाँचथर, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताउनुभएको छ । देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताउनुभयो । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिबमोजिम आधारभूत अस्पताल सञ्चालन हुने बताउनुभयो । सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने बताउनुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको…

Read More

इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उहाँले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताउनुभएको छ । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उहाँले आग्रह गर्नुभयो । उहाँले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उहाँको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उहाँको भनाइ छ…

Read More

झापा, १८ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। उनीहरूबीच लेनदेन विवाद रहेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Read More

मेष: कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु हितकर हुनेछ। स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्नसक्छ। प्रेमीको साथ पाइनेछ। वृष: विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। सहयोगीको साथ र काममा सोचेजस्तै सफलता मिल्नेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। मिथुन: रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ। कर्कट: शुभ कार्यको समय छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको…

Read More

झापा, १८ फागुन । शनिबार मार्च १ देखि नेपालमा प्रि–मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम पनि बिदा भएकाले फागुन १७ देखि प्रि–मनसुन लागेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि(मनसुन लाग्छ। ‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई प्रि–मनसुनको अवधि मानिन्छ’, उनले भने । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि–मनसुन नै मान्नुपर्ने उनको भनाइ छ । ‘प्रि–मनसुनमा झरी टाइपको लामो वर्षाचाहिँ हुँदैन, छोटो समयमा चट्याङ र हावाहुरीसँगै धेरै वर्षा हुने हुन्छ’, मौसमविद् लामिछानेले भने ।

Read More

झापा, १८ फागुन । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

Read More