झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकी यस्ता कुरा परिवारको ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा सहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् । के हो पाठेघर झर्ने…

Read More

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा भएको घटनाप्रति माफी मागेका छन् । हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु’ आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् । भनेका छन् । जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा चाहना गर्न चाहन्छु’, श्रेष्ठले भने ।

Read More

विक्की कौशल स्टारर बलिउड फिल्म ‘छावा’ सर्वकालिन धेरै कमाउने शीर्ष १० हिन्दी फिल्मको सूचीमा प्रवेश गरेको छ । बलिउड हंगामाका अनुसार यो फिल्म ३०० करोड क्लबमा प्रवेश गर्दै सूचीमा प्रवेश गरेको हो । यो फिल्म सूचीको १० औं स्थानमा छ । शीर्षस्थानमा भने ‘पुष्पा २’को हिन्दी संस्करण छ जसले ८३० करोड भारु कमाएको छ । दोस्रो स्थानमा रहेको ‘जवान’ले ६४३ करोड भारु कमाएको छ । तेस्रो स्थानमा रहेको ‘स्त्री २’ले ६२७ करोड भारु, ‘एनिमल’ले ५५६ करोड भारु, ‘पठान’ले ५४३ करोड भारु, ‘गदर २’ले ५२५ करोड भारु, ‘बाहुबली २’ले ५१० करोड भारु, ‘केजीएफ २’ले ४३४ करोड भारु र ‘दंगल’ले ३८७ करोड…

Read More

मोरङ, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको आभास भएको बताएका छन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मंगलबार मोरङको रमाइलो बजारको खबरदारी सभामा प्रचण्डले पूर्वमा देखिएको पार्टीप्रतिको आकर्षणले देशव्यापी ऊर्जा दिने बताएका हुन्। पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको बताउँदै अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यावहारिक रूपमै पुष्टि भएको पनि बताए। उनले ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको पनि बताए। पछिल्लो समय वर्ग र समुदायसँग अलि…

Read More

वासिङ्टन, १३ फागुन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उहाँ र म्याक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो । पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्नुभएको थियो । वार्ता जारी रहेकै बेला उहाँले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गर्नुभएको थियो । यो विराम अर्को मङ्गलबार समाप्त हुनेछ, र सबैको…

Read More

सन्तोष शर्माबनियानी, १३ फागुन । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । उपाध्यक्ष भट्टराई युएनडीपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगर खेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उहाँले बताउनुभयो । “विपन्न नागरिकका लागि आय आर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने…

Read More

झापा, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन् भने घाइते एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तेजकुमारी…

Read More

मेष : आफन्तसँग सफल भेटघाट हुनेछ। अरूको मन जित्न सकिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जाँगर बढ्नेछ। वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइएला। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। मिथुन : मन अस्थिर रहन सक्छ। भावुक र उत्ताउलो बन्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्नेछ। स्वास्थ्य तथा सुन्दरतामा खर्च बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। कर्कट : चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। आदर्श…

Read More

झापा, १३ माघ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक…

Read More

झापा, १३ फागुन । ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा बस्न भनेका हुन् । भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको जनाएका छन् । सरकारी पक्षले यसअघि दुई पटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ । एक पटक वार्ता भए पनि सहमति जुट्न…

Read More