झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबनियानी, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग नयाँ एकता गर्ने संकल्पका साथ पार्टीले अभियान शुरु गरेको बताउनुभएको छ । झापाको कचनकवलमा ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’को शुभारम्भ गर्नुहुँदै पार्टी अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई अझ मजबुद बनाउने महाभियानमा पार्टी लागेको बताउनुभयो । “कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरु मात्र ठूला भए”, उहाँले भन्नुभयो, “अब जनतासँग सहकार्य गर्छौं, जनताको ताकतबाट भ्रष्टहरुलाई तह लगाएर समृद्ध नेपाल बनाउँछौं ।” उहाँले जनताले साथ दिने विश्वास व्यक्त गर्नुहुँदै अगामी २०८४ को चुनावमा माओवादी केन्द्रले एक्लै चुनाव लडेर सबैभन्दा ठूलो दल बन्ने बताउनुभयो । पार्टी सरकारमा नजाने बताउहुँदै…

Read More

शिवसताक्षी, १२ फागुन । झापाको शिवसताक्षी जारी रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेमा रहेको सेभेजसीज अंग्रेजी मावि प्रथम भएको छ । गएको शनिबारबाट सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेजसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त गर्दै प्रथम स्थानमा हासिल गरेको हो । त्यस्तै द्वितीय स्थान लालपानी माध्यमिक विद्यालयले हासिल गरेको छ । लालपानी माविले ५ स्वर्ण, ९ रजत र ५ काश्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको हो । तेस्रो स्थानमा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयले ५ स्वर्ण, २ रजत र ७ काश्य पदक प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । रनिङ शिल्डमा प्रथम, द्वितीय र…

Read More

झापा, १२ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ । वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसंगै…

Read More

भद्रपुर, १२ फागुन । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो…

Read More

झापा, १२ फागुन । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू झापाको कचनकवलमा पुगेका छन् । त्यहाँ उनीहरूले सहिद राजवंशीको घरमा केराको पातमा खाना खाएका छन् । अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका हुन् ।

Read More

बिर्तामोड, १२ फागुन। झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार) बिर्तामोडमा पत्रकार सम्मेलनको गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सय बढी खेलाडी, एक सय अफिसियल निर्णायकहरु र अन्य गरी दुई हजार भन्दा बढीको सहभागिता फिट स्टुडियोका संस्थापक दिपेन धिमालले जानकारी गराए । तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्ने प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । पछिल्लो समय अधिकांश युवा लागूऔषधको दलदलमा फसिरहेको र…

Read More

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरूक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए। जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरू, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ…

Read More

बनियानी १२ फागुन । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट उद्घाटन गरेका हुन्। प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ। दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब…

Read More

मानिस खुसी हुँदा र दुःखी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जोकोहीलाई पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे सुनेका छौं तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ । त्यसैले आउनुस् हेरौं रुँदा हुने फाइदाका बारेमा १. रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ । ३. जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । ४. शरीरमा म्याग्नीज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन्…

Read More

काठमाडौं, १२ फागुन । कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालबाट धम्की आएपछि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की समेत आएको उनले उजुरीमा उल्लेख गरेका छन्। श्रेष्ठका अनुसार उनले यही फागुन ४ गते आफ्नो फेसबुकमा एउटा भिडिओ अपलोड गरेका थिए। त्यसको १ दिनपछि रिदय ताम्राकार (Ridaya Tamrakar) नामको फेसबुक प्रोफाइलले उनको परिवारको फोटो राखी उनको परिवारलाइ धम्की दिनुका साथै दिदीहरूलाई बलात्कार गर्ने धम्की दिएका हुन्। उनले उजुरीमा लेखेका छन्, म तथा मेरो परिवारलाई असुरक्षित महसुस गराएकोले सो कार्य नेपालको कानुनअन्तर्गत मुलुकी फौजदारी संहिता, विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत अपराध भएकाले सो आईडीको…

Read More