
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ फागुन । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा…
काठमाडौं, १२ फागुन । प्युठानको माण्डवी गाउँपालिका २ रातापानीको एक दम्पती घर भित्रै मृत फेला पर्यो। वर्ष ६० का रामबहादुर परियार र उनकी पत्नी वर्ष ५६ की हुकुमा परियार मृत भेटिएको खबर प्रहरीले पायो। खबर गर्ने व्यक्ति परियार दम्पतीकै भतिज ३४ वर्षका पंकज परियार थिए। शनिबार दिउँसो साढे १२ बजेतिर खबर आएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दिपेश बस्यालको टोली घटनास्थलतर्फ लाग्यो। प्रहरीलाई पंकजले नै घटनास्थल देखाइदिए। घरभित्रै भुइँमा ओछ्यानमा मृत फेला परेका दुवैजनाको टाउकोमा चोट लागेको थियो। उनीहरूको हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान सुरु गर्यो। प्रहरीले प्रारम्भिक रूपमा ७ जनासँग सोधपुछ गर्यो। प्रहरीलाई खबर गरेका पंकज पनि सुरुबाटै…
मेष : बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। वृष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। प्रयत्न निष्फल जस्तै होला। व्यापार व्यवसायमा बाधा आउन सक्छ। महत्त्वपूर्ण कार्यमा पनि बाधा हुनेछ। अनावश्यक झमेलामा परिएला। मिथुन : साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता हुनेछ। आर्थिक लाभ पनि होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कर्कट : सुखद यात्राको योग छ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ। आफन्तको प्रगतिमा…
हल्दिबारी, ११ फागुन । स्व.जगतबहादुर नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि हल्बिारी वडा नं. २ ले जितेको छ । हल्दिबारी–२ र ५ बीच भएको फाइनलमा खेलमा लाई २–० को गोल अन्तर पाखा लगाउँदै हल्दिबारी–२ ले उपाधि हात पारेको हो । हल्दिबारी–२ ले उपाधिसँगै नगद रू १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको भने उपविजेता हल्दिबारी–५ ले नगद रू १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको बेष्ट प्लेयर अफ टुर्नामेन्ट आयुस लिम्बू, बेष्ट किपर समिति लिम्बू, बेष्ट फरवर्ड हिरण राजवंशी, बेष्ट मिड फिल्डर राजेश राजवंशी, बेष्ट डिफेन्डर अभिषेक मगर र हाइस्कोरर…
भद्रपुर, ११ फागुन । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै…
भद्रपुर, ११ फागुन । चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन सुर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यन्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको नेतृत्व टोलीले जिल्ला स्थित सम्बन्धित कार्यलय सुरक्षा निकाय लगायतलाई परिचालित गरेर लागू औषध दुव्र्यसन न्युनिकरण गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाइएको हो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई बुझाइएको हो उक्त पत्रमा लागू औषध दुव्र्यसनको सुरुवातिचरण सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ नै पहिलो खुड्किलो भएको हुदा यी पदार्थहरु नियम अनुसार नियन्त्रण गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले कानून…
भद्रपुर, ११ फागुन । भद्रपुर नगरपालिकाको १५ औं नगरसभाको अवसर पारेर दुई जना पत्रकार सहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ । शनिवारबाट शुरू भएको नगर सभाको समापनको अवसर पारेर आज (आइतवार) विकास पत्रकारिता सम्मानबाट नगद ३१ हजार सहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिताबाट सन्तोष शर्मालाई १५ हजार नगद सहित पुरस्कृत गरिएको हो । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पटक प्राप्त क्रिकेटका विपिनकुमार महतो, हक्कीका सुदिपकुमार चौधरी, दिपक खतिवडा, भारोत्ततलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दश हजार नगद सहित सम्मान गरिएको थियो । यस्तै, नगरपालिका स्तरीय नकाउट फुटवल…
बिर्तामोड, ११ फागुन । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले…
बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ । १. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ । २. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ । ३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम…
काठमाडौँ, ११ फागुन। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो। आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू। ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, लगानी एक दशमलव ३३, जीवन बिमा शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन…