
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ चैत । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार…
इलाम, ८ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकास मन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट…
बिर्तामोड, ७ चैत । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीप्रति योगदान दिनेभन्दा संगठनलाई प्रयोग गरेर ब्यक्तिगत स्वार्थ पूरा गर्नखोज्नेहरुप्रति सावधान रहनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनामा र झापा क्षेत्र नं–२ को संयोजनमा जिल्ला पार्टी कार्यालयमा आयोजित संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आफ्नो स्वार्थ पूरा नहुनेवित्तिकै सामाजिक सञ्जाल वा समुदायमा पुगेर पार्टीको नकारात्मक प्रचार थाल्ने, एकपटक अवसर नपाउँदा पार्टी नै परित्याग गर्ने प्रवृत्ति कतिपय जिम्मेवारीमा बसेकैबाट हुने गरेको बताउँदै उहाँले क्रियाशिल सदस्यता वितरणमा नै ध्यान दिनुपर्ने धारणा राख्नुभयो । सामाजिक सञ्जाल…
कनकाई, ७ चैत । झापाको कनकाई नगरपालिकाले राजश्व संकलन घुम्ति शिविर शुरु गरेको छ । नगरपालिका भित्रका व्यवसायीलाई लक्षित गरेर आजदेखि शिविर शुरु गरेको हो । आज कनकाई–३ सुरुङ्गा बजारस्थित पाथिभरा जेष्ठ नागरिक चौतारीमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच शिविरको उद्घाटन गरिएको छ । नागरभित्र विगत लामो समयदेखि व्यवसाय नवीकरण नगरी सञ्चालन भइरहेका उद्योग, कलकारखाना, व्यवसायलाई पछिल्लो दुई वर्षको मात्र राजश्व बुझाएर नवीकरण गराउने उद्देश्यले घुम्ति शिविर आयोजना गरिएको नगरका जिन्सी शाखा अधिकृत भोजराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा नयाँ व्यवसाय दर्ता गरिने साथै शिविर अवधिभर दर्ता नवीकरण गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । पछिल्लो २…
बिर्तामोड, ७ चैत । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक–बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९ सय ३० मिटर सडकमा कालो पत्रे सम्पन्न भएको हो । सडकको चौडाई ५.५ मिटर छ । कञ्चनजंगा हिमाल कन्ट्रक्सन कनकाईले आयोजनाको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले २०८२ बैशाख ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी गत मंसिर २१ गते सम्झौता गरेको थियो । बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताउनु भएको छ । नगरका प्रवक्तासमेत…
हल्दिबारी, ७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको हिउँदे अधिवेशनले पाँच वटा ऐन र कार्यविधि पास गरेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार पालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले प्रस्तुत गर्नु भएको ५ वटा ऐन र कार्यविधि सर्वसम्मत पास भएको हो । गाउँपालिकाको गाउँ नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धि ऐन २०८१, शिक्षक सरुवा सम्बन्धी कार्यविधि २०८१, हाट बजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधि २०८१ र उत्कृष्ट कृषक पुरस्कर कार्यविधि…
झापा, ७ चैत । कचनकवल गाउँपालिका–६ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप अभाव भएको छ। मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई ‘एन्टी रेबिज भ्याक्सिन’ उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। स्वास्थ्य केन्द्रले अहिलेसम्म स्वास्थ्य विभागको आपूर्ति व्यवस्था महाशाखा वा प्रदेश आपूर्ति केन्द्र, विराटनगरबाट खोप प्राप्त गर्दै आएको थियो। केही दिनअघि स्वास्थ्य केन्द्रका कर्मचारी खोपका लागि प्रदेशमा खटिए पनि खाली हात फर्कनुपरेको यादवले बताए। मासिक ४० जनालाई पुग्ने खोप प्राप्त गर्दै आएको स्वास्थ्य केन्द्रले करिब २० दिनदेखि सेवा दिन सकेको छैन। यादवका अनुसार आइतबारसम्म खोप उपलब्ध हुने सम्भावना भए पनि हाल प्रदेश आपूर्ति प्रणालीमै अभाव रहेकोले आपूर्ति सञ्चालन…
काठमाडौँ, ७ चैत । आज मार्च २० तारिख, अर्थात् अन्तर्राष्ट्रिय खुशीयाली दिवस। यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो। संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो। यो दिवस मनाउने सङ्कल्प भुटानले शुरु गरेको हो । भुटानले सन् १९७० को दशकको शुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो। रासस
दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ । सुन्तला – सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ । स्ट्रबेरी – स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ…
काठमाण्डौ, ७ चैत । आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नगद पुरस्कार घोषणा गरेको छ । बीसीसीआईले भारतीय टोलीका लागि ५८ करोड भारु पुरस्कार घोषणा गरेको हो । बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार आईसीसी उपाधि जित्नु विशेष भएको भन्दै खेलाडी र टोलीका सबै सदस्यको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो । गएको मार्च ९ मा दुबईमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको थियो । भारतीय टोलीले कप्तान रोहित शर्माको कप्तानीमा अपराजित रहँदै उपाधि जितेको थियो । भारतले समूह चरणमा बङ्गलादेश, पाकिस्तान र न्युजिल्यान्डलाई हराएको थियो भने सेमिफाइनलमा अस्ट्रेलियालाई…