
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कचनकेवल, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । उहाँले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभयो । कोच, शेर्पा लगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो। जसरी पनि संविधान…
राजेन्द्र गौतमझापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताउनु भएको छ । अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय झण्डोत्तोलन गरेर अभियानको उद्घाटन गर्नुभएको हो । झापाको केचनाबाट पार्टीले संचालन गरेको तराई(मधेस जागरण अभियानको अहिले केहीबेर अघि उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ू झापा क्रान्ति र बिद्रोहका प्रतीकका रूपमा चिनिने जिल्ला हो ू उसबेला झापामा बिद्रोह गर्नेले त्यो बाटो नै छाडे, त्यो नै अहिले खतरामा छ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।ू उहाँले मुलुकको होचो भू(भागबाट सुरु भएको अभियानलाई अग्लो भू(भागमा जाने तयारीको संज्ञा दिनुभयो । माओवादीको देश्व्यापी अभियानले…
लमजुङ, १२ फागुन । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।रासस
सुन्दरहरैँचा, १२ फागुन । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुनसक्नुभएका थिएन । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गर्नुभएको थियो । साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताउनुभयो । मानसिक रूपमा सक्षम तथा…
झापा, १२ फागुन । विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो। लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा हार भोगेको पाकिस्तान भने अंकविहिन रुपमा पुछारमा छ। लगातार दोस्रो हारसँगै पाकिस्तान च्याम्पियन्स ट्रफीको उपाधि दौडबाट बाहिरिने लगभग पक्का भएको छ। अंक गणितीय सम्भावना मात्र जिवित रहेको पाकिस्तान सेमिफाइनलमा पुग्न अन्य नतिजा आफु अनुकुल आउनुपर्नेछ। भने अर्को खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्दै नेटरनरेट बलियो बनाउनुपर्ने…
झापा, १२ फागुन । झापाको अर्जुनधारा नगरपालिका–४ रातेखोलामा आज सोमवार बिहान आगलागी भएको छ । अर्जुनधारा–४ रातेखालका ६० बर्षिय लीलाबहादुर कटुवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो । आज बिहान ६ः३० बजेको समयमा आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात, भाडा वर्तन, काठपात पूर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा ७ः१० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, १२ फागुन । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका…
चन्द्र बस्नेतकनकाई, १२ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा भक्तजनको आगमन बृद्धि हुँदै गएको छ । फागुन ४ गतेदेखि शुरु भएको ११ दिवसीय महायज्ञ आगामी १५ गते बिहीबार समापन हुनेछ । समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। महायज्ञमा भक्तजनहरुको भिड बढ्न थालेको छ । जारी महायज्ञमा दिनप्रतिदिन भक्तजन बढ्दै गएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । महायज्ञमा भारतको सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा।मनिकुमार शर्मा,डा।जजमान गुरुङ ,सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ…
झापा, १२ फागुन । माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका २० उद्देश्य घोषणा गरेको छ । १.प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न । २.सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न । ३.दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न । ४.अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन । ५.दलित समुदायमाथि हुने जातीय छुवाछुत तथा महिलामाथिको हिंसाको विरोध गर्दै उत्पीडित वर्ग एवं समुदायका संवैधानिक हक सुनिश्चित गर्न । ६.दैनिक उपभोग्य…
बिर्तामोड, १२ फागुन । नेकपा माओवादी केन्द्रले आज झापाबाट जनतासंग माओवादी : तराई मधेश जागरण अभियानको उद्घाटन गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत एक दर्जन नेताहरु आइतबार नै झापा आइसकेका छन् । आज बिहान ९ः३० बजे कचनकवलस्थित नेपाल कै होचो भागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी विकास भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए। आजै दिउँसो ३ बजे…