झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, ७ चैत । इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४ सय ३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले देइर अल–बालाहमा रहेको आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको ज्यान गएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताए…

Read More

विराटनगर, ७ चैत । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका–४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका–१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न…

Read More

राजेन्द्र विकबाजुरा, ७ चैत । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी हुनुभएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसइई परीक्षामा सहभागी हुनुभएको हो। २० बर्षीया सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका वडा नम्बर९१ स्थित सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् । दुई दिनकी सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका स्थित कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसइई परीक्षामा सहभागी हुनुभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताउनुभयो । प्रमुख जोशीका अनुसार दुई दिनकी सुत्केरी ल्वारलाइ घरबाट गाडीमा ल्याएर सहज रुपमा एसइई परीक्षा दिने वातावरण…

Read More

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो । चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई अझ परिष्कृत बनाउने उनको धारणाC छ । ‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो । ग्रामीण परिवेशका कथाहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आएको छ । जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’ बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शनरत छ ।

Read More

अर्जुनधारा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका – २ स्थित शान्ति सामुदायिक वनमा बिना इजाजत सखुवाको रुख काटिएको छ । शान्ति सामुदायिक वनको अध्यक्ष खगेन्द्र कोईराला लगायतको टोलीले कटान आदेश बिना सखुवा जातको रुख कटान गरी गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले सो स्थानबाट अं.१०३ क्यु.फिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टरलाई फेला पारी ट्याक्टर समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। साथै ट्याक्टर चालक र माथि उल्लेखित व्यक्तीहरु तत्काल फरार रहेकोले खोजतलास कार्य जारी रहेको…

Read More

झापा, ५ चैत । झापाको मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं. ९ घर भई अर्जुनधारा नगरपालिका वडा नं.११ बुट्टाबारीका ३६ वर्षीय दिलिपकुमार गिरी र २५ वर्षीय सुरज राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मेचीपुल हुँदै भारतबाट नेपाल तर्फ सिटिसफारिमा आउँदै गरेको उनीहरू माथि शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध खैरो हेरोईन (प्लाष्टिक सहित २ ग्राम २३० मिलिग्राम) प्लाष्टिक बाहेक १ ग्राम ८४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय…

Read More

कनकाई, ५ चैत । झापा कनकाई नगरपालिकामा आज दिउँसो आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कनकाई-६ डम्बरबहादुर बास्तोलाको काठ, बास र टिनको छानो भएको गाई गोठमा गाईको खोले पकाउने क्रममा अचानक आगो सल्किएर आगलागी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट गाई गोठमा रहेको काठ, मकै, आलु, १ वटा बाख्राको पाठा, पराल र गाई गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागी नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड, ३ चैत । बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग ९१२ सय ४०मि० मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो । स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग ९१२ सय ४०मि० र अतिथि सदन रोड ९९ सय २५ मि०, वडा नम्बर २ को बानालाल मार्ग ९१ कि।मि०, वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने…

Read More

हरेक रङको कुनै न कुनै अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार रङको राशिफलसँग पनि गहिरो सम्बन्ध हुन्छ। यतिमात्र होइन, रङले मुडलाई पनि असर गर्छ। उदाहरणका लागि, सेतो रङलाई शान्तिको रङ मानिन्छ । त्यसैले शोकको वातावरणमा सेतो रङको प्रयोग गरिन्छ। त्यसैगरी हरियो रङलाई खुसीको प्रतीक मानिन्छ। साथै रातो रङलाई क्रान्ति, ऊर्जा र परिवर्तनको रङ मानिन्छ। सबै रङहरू मध्ये, सबैभन्दा सुन्दर अर्थ गुलाबी रङसँग सम्बन्धित छ। गुलाबी रङलाई लजालु र नम्रताको रङ मानिन्छ। गुलाबी रङको महिलासँग गहिरो सम्बन्ध छ। यही कारणले गर्दा महिला लजाउँदा गाला गुलाबी भएको उदाहरण दिइन्छ। गुलाबी रङको पोसाकलाई सधैँ रुचाइन्छ। तर, गुलाबी रङको अर्थ यतिमा मात्र सीमित छैन।…

Read More

विपिन कार्की अभिनित एक्सन ड्रामा फिल्म ‘कर्मा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । २ मिनेटको टिजरले कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक दर्शाउँछ । अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ । टिजरमा विपिनलाई चरित्रका आयाममा पेश गरिएको छ । आमालाई माया गर्ने एक प्रिय छोरा जो परिवारको सुखलाई आफ्नो प्राथमिकता राख्छ । दोस्रो लेयरमा ऊ उत्तिकै विद्रोही र बदलाप्रेरित पनि छ । ‘नाका’पछि विपिन दोस्रोपटक एक्सन रोलमा देखिएका हुन् । ‘नाका’मा उनी ग्याङस्टर चरित्रमा थिए । ‘कर्मा’को…

Read More