
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १० माघ । इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेचीराजमार्गमा खटिएको प्रहरी टोलीले खैरो हिरोइन जस्तो लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। माघ १० गते मध्यान्ह १२:४० बजे प्रहरी चौकी किटेनी इलामका प्रनानी राजन कटुवालको नेतृत्वमा खटिएको चेकिङ टोलीले झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५०७५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सूर्योदय नगरपालिका–६ कन्याम गुम्बाटोलका २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद ४,८६५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकल चालक सूर्योदय नगरपालिका–८ डम्बुगाउँका ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम खैरो हिरोइन जस्तो पदार्थ…
झापा, १० माघ । युवा पुस्ताका चर्चित ¥यापर लाहुरे र गायिका साहिमा श्रेष्ठले जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’लाई थप रौनक प्रदान गर्ने भएका छन् । जसका लागि माघ ११ गते उनीहरु बिर्तामोडमा प्रस्तुतिका लागि आउने भएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने र ११ गतेका लागि लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो । विगतका वर्षमा पनि संघले आयोजना…
शिवसताक्षी, १० माघ । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. ८ ले राष्ट्रिय सूचना आयोगका सचिव कमलप्रसाद भट्टराईलाई सम्मान गरको छ । शिवसताक्षी ८ झिलझिले निवासी भट्टराईले नेपाल सरकारको निजामति सेवाको उच्च पदमा रहेर शिवसताक्षीको विकासका लागि विशेष योगदान पुर्याएकोमा सम्मान गरिएको हो । वडा नं. ८ को वडा कार्यालयमा एक कार्यक्रम गरी सचिव भट्टराईलाई वडाध्यक्ष सन्त फेउदिन, वडा सचिव पुष्प पाण्डेलगायतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेको थियो । कार्यक्रममा वडा नं. ८ वडाध्यक्ष सन्त फेउदिनले वडा नं. ८ का निवासी भट्टराई निजामति सेवाको उच्च पदमा पुग्नु नै हाम्रो लागि गौरव भएको बताए । उनले वडा तथा नगर विकासका लागि…
मेष : भाग्यले साथ दिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ। वृष : धार्मिक र सामाजिक महत्त्व बोकेको क्षेत्रमा भ्रमण हुन सक्छ। पुराना साथीभाइसित भेटघाट होला। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। मिथुन : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछ। कर्कट : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। मनोरञ्जनमा लाग्दा…
झापा, ९ माघ । टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ । टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको हो । काठले बनेको १२ तल्ले सो होटलमा आगलागीको समय बिदा मनाउन गएका २ सय ३४ जना रहेका थिए । टर्कीको आन्तरिक मन्त्रालयले आगलागी भएको केही घण्टामा १० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको थियो । तर होटलभित्र ठूलो संख्यामा मानिसहरु रहेका र काठको संरचना भएकाले छोटो समयमा नै मृतकको संख्या बढेको हो । होटलमा आगलागीभएपछि झ्यालबाट…
झापा, ९ माघ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् । पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय बताउनुहुन्छ । पुराण सुनेरै मानिस…
झापा, ९ माघ । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो । “स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उहाँले भन्नुभयो, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।” नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय…
झापा, ९ पुस । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले यतिबेला ९बुधबार बिहान० कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराई मधेसका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान पनि महाशाखाले गरेको छ। महाशाखाले बुधबार बिहान ६ बजे मौसम सम्बन्धि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै…
बिर्तामोड, ९ माघ । झापाको बिर्तामोडमा मंगलबारदेखि शुरु भएको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा आज बिर्तामोड महोत्सवमा आज गायक एमआर डी र उर्गेन डोङको प्रस्तुती रहने छ । माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहेका छन् । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको छ ।
झापा, ८ माघ । सिक्किमको जोरथाङ नाम्चीमा सम्पन्न १० औं अल इन्डिया चिफ मिनिस्टर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले हात पारेको छ । प्रतियोगिताको आज मङ्गलबार भएको फाइनल खेलमा ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड क्लब लाई २–० को गोल अन्तरले पाखा लगाउँदै झापा ११ फुटबल क्लब विजयी बनेको हो । जितमा झापा ११ फुटबल क्लबका तर्फबाट सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजेता झापा ११ का सन्तोष खत्री घोषित भए । जीत सँगै विजेता बनेको झापा ११ फुटबल क्लबले नगद २० लाख भारतीय रुपैयाँ…