
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन गर्छन् । एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्कासन गर्छन् । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन । बढ्दो व्यायामले शरीरलाई चिसो बनाउँछ । पसिनाबाट आउने पानी उडेर शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ । पसिनालाई वंशाणुगत तत्त्व हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्सले पनि प्रभाव पार्छ । यिनै तत्त्वहरूका कारण विभिन्न…
आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । देशका दुई ठूला सहर पोखरा र धरानमा चर्चित गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ‘ऊनको स्वीटर साँझ’ शीर्षकको कार्यक्रममा सुजनले फिल्ममा समावेश गीतहरुमा प्रस्तुति दिने जनाइएको छ । पोखराको लेकसाइडस्थित हल्लन चोकमा शुक्रबार (आज) अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका मुख्य कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीत गाउनेछन् । झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर सुजनले झलकमानका कालजयी गीतमार्फत श्रद्धाञ्जली…
झापा, १२ वैशाख । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका विभिन्न नौ वटा बैंकमा रहेका सबै १६ वटा खाता पूर्णरूपमा रोक्का गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अदालतले अवैधानिक घोषणा गरिसकेको छ ।
झापा, १२ वैशाख । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो ।
काठमाडौँ, १२ वैशाख। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । शिक्षा सचिव दीपक काफ्लेले एक सूचना जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गर्दै आएको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै रहेको मन्त्रालयले जनाएको छ । विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित…
उदयपुर, १२ वैशाख ।उदयपुरको रौतामाई गाँउपालिका–७ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते राति पौने ९ बजे अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३ .०२.०१३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार उदयपुर उदयपुरगढी–७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाई छिपाई ल्याएको २ थान भरूवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका मगरको जिल्ला प्रहरी कार्यलय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
विराटनगर, १२ वैसाख । मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते विराटनगर महानगरपालिका–१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका–१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापा मेचिनगर–६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मोरङ मिक्लाजुङ–६ स्थाई वतन घर भई हाल झापाको दमक–८ की २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै इलामको इलाम नगरपालिका–६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले…
झापा, ११ वैशाख । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो । गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ । गीतसँगै चलचित्रको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले सार्वजनिक गरेको…
बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ। मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ। खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर खेलेर डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ। मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै…
एजेन्सी, ११ वैशाख । मङ्गल ग्रहमा पृथ्वीमा भन्दा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा छिटै काम सुरु गर्ने भएको छ । वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना (डिप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ मङ्गल ग्रहलाई प्राप्त हुने छ । डिप स्पेस अप्टिकल कम्युनिकेसन (डिएसओसी) नामक नयाँ प्रविधिको परीक्षण हाल नासाको साइकी अन्तरिक्ष यानमा गरिँदै छ र अहिलेसम्मको परिणाम आशाजनक छ । यो प्रणालीले दुरस्थ अन्तरिक्षमा डाटा प्रसारणका लागि पारम्परिक रेडियो ट्रान्समिसनको साटो शक्तिशाली लेजरको प्रयोग गर्दछ । यसबाट मौजुदा विधिको तुलनामा…