झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ११ बैशाख । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । बैशाख ११ गते कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुहुदै यहाँले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यासहरु गराउनुका साथै प्रहरी कर्मचारी बीच सामुहिक भावनको बिकास गरी प्रहरीको ब्यक्तिगत र व्यवसायिक जिवनलाई समानान्तर तरिकाले अगाडी बढाउदै लैजान निर्देशन दिनु भएको छ । साथै उहाँले आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरुसंग समन्वय…

Read More

मुस्ताङ, ११ वैशाख । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाई कटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यावसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनशीले जानकारी दिनुभयो । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनशीले बताउनुभयो । कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिला कटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग…

Read More

झापा, ११ वैशाख । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । काउन्सिलको विज्ञप्ति अनुसार प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ । यस अवधिमा हत्या र शंकास्पद मृत्युका दुई घटना भएको जनाइएको छ ।

Read More

मोरङ, ११ वैशाख । सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका –७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई लागूऔषध गाँजा ६ किलोग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टोलिले हरिनगराबाट देवानगंज तर्फ आउँदै गरेकोBR 38A D4133 नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा–१५ का २६ वर्षीय को मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र…

Read More

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ । शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।एजेन्सी

Read More

झापा, ९ वैशाख । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने भएका हुन् । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य संघ धरानका व्यवसायीसंग सहकार्यका लागि समझदारी भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईसहितको…

Read More

नवलपरासी, ९ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको ज्यान गएको छ । स्थानीय दीपेन्द्र परियार र उहाँकी श्रीमती कमला परियारले गएराति जाँड–रक्सी खाएर चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो । जाँड–रक्सी खाएका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयवासीले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा ज्यान गएको डीएसपी नेपालले बताउनुभयो । शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Read More

हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि एकपटक फेरि फिल्ममा एकसाथ देखिने भएका छन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’मा उनीहरुको जोडी बाँधिन लागेको हो । गत चैत १७ गते चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिँदा कलाकारमा उनीहरूको नाम लेखिएको छ । निर्देशक निरौलाले फिल्ममा सिताराम र कुञ्जनाको मुख्य भूमिका रहने जानकारी दिए । उनीहरुबाहेक अरु कलाकार भने निश्चित हुन बाँकी रहेको उनको भनाइ छ । यसै वर्ष छायांकनको तयारी गरिएको फिल्मलाई ‘लाज शरणम्’का निर्माता नविन श्रेष्ठले निर्माण गर्नेछन् । उनको कम्पनी काली रानी फिल्म्सबाट बोर्डमा फिल्म दर्ता…

Read More

पर्सा, ९ वैशाख । वीरगञ्जमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालयका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिनुभयो । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको उहाँको भनाइ छ । सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुई वटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बलले २०८१…

Read More

झापा, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो । बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।

Read More