झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इनरुवा, ५ बैशाख । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो ९घुर०ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो । जहाँ ६० लाख बराबरक्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए । आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका…

Read More

झापा, ५ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ । सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।राति पनि यो…

Read More

झापा, ५ बैशाख । सुनसरीको धरानस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको आफ्नै श्रीमानको योजनामा हत्या भएको खुलेको छ । श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेको थियो । वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम दाहाल आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।…

Read More

क्यानबेरा (अस्ट्रेलिया), ४ बैशाख । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ । पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो । रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ…

Read More

झापा, ४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ । आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै आफ्ना विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तर पुस्तिका परीक्षण र कक्षा–१२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा अनुरोध गरिएको छ । कक्षा–१२ को परीक्षा यही वैशाख ११ गतेदेखि शुरु हुँदैछ ।

Read More

भद्रपुर, ४ बैशाख । झापाको बिर्तामोड–८ स्थित देउनियामा रहेको गणेश पञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण बैशाख ६ गतेबाट आयोजना गरिने भएको छ । विर्तामोड ८ तथा धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहने श्रीमद्भागवत महापुराण बैशाख १३ गतेसम्म सञ्चालन हुने भएको हो । धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणार्थ खर्च गरिने छ भने केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाइ छ । नगद १० हजारमाथि सहयोग गर्ने दाताबाट संकलित सवै रकम दाहसंस्कार घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने आयोजक समितिका अध्यक्ष…

Read More

कनकाई, ४ बैशाख । झापाको कनकाई नगरपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  आज दिउँसो कनकाई नगरपालिका-२ स्थित हेप्पी ल्याण्ड फनपार्कमा शिवसताक्षी नगरपालिका-९ का ४५ वर्षीय सन्तोष लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो। सोही फोनपार्कमा बिजुलीको काम गर्ने लिम्बू फनपार्कमा बिजुलीको मर्मत कार्य गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ उपचारमा संलग्न चिकित्सकले मृतक घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

कनकाई, ४ बैशाख । झापाको कनकाई नगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा साढे छ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१ साउनदेखि चैत सम्ममा ६ करोड ५० लाख ९७ हजार आठ सय ३८ रुपैयाँ विभिन्न शीर्षकमा राजश्व संकलन गरेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले आन्तरिक तर्फ ५ करोड ३० लाख ३० हजार ८ सय ५२ रुपैयाँ र घर जग्गावापत एक करोड २० लाख ६७ हजार १३ रुपैयाँ संकलन गरेको छ । नगरले ८ करोड ७८ लाख ४० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिए पनि ७४।१ं० प्रतिशत प्रगति हासिल…

Read More

झापा, ४ चैत । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् । उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । काठमाडौंमा सामान्य ढंगले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए । उनको बुधबार विवाह भएको हो । खत्रीले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । ‘विवाह दुई परिवारको आफन्तमात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै…

Read More

झापा, ४ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ४ गते विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा–७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भीमकुमार तामाङको साथबाट ब्राउनसुगर ६ ग्राम ५ मिलिग्राम र सुनसरी इटहरी–२ का ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रविन्द्र लिम्बूलाई प्रतिबन्धित औषधि २२ एम्पुलसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर–४ स्थितबाट बराहक्षेत्र–६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजासहित पक्राउ गरेको छ ।…

Read More