
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, ४ बैशाख । झापाको कनकाई नगरपालिकाले नगरको आन्तरिक स्रोत बृद्धि गर्न लागि परेको छ । नगरपालिका लुकेको र छुटेको करको स्रोतहरु पहिचान गरी आन्तरिक आम्दानी बढाउने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । नगरले फोहोरमैला संकलनका लागि कर निर्धारण गरे पनि हालसम्म उक्त शीर्षकमा कर संकलन नगरिएको उहाँले बताउनुभयो । “नगरपालिकाले कानून नै बनाएर दस्तुर तोकेको छ”, उहाँले भन्नुभयो, “अब घरघरमा कर्मचारी पठाएर कर संकलन गर्छौं ।” हाल निश्चित क्षेत्रबाट मात्र फोहोरमैला संकलन गरिए पनि कर तिर्न इच्छुक नगरबासीको मागको आधारमा फोहोर मैला संकलनका लागि गाउँ–गाउँमा ट्याक्टर पठाइने उहाँले बताउनुभयो । “आउँदो आर्थिक वर्षदेखि ट्याक्टर…
झापा, ४ बैशाख । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् । गौरीगोमालाई एक वर्ष र अन्यलाई डेढ वर्षको लागि…
नुवाकोट, ४ बैशाख । नुवाकोटको गुरुङगाउँमा बुधबार माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बागमती प्रदेश ३–००१ज९३४ नम्बरको विद्युतीय माइक्रो बस काठमाडौबाट त्रिशूलीतर्फ आउँदै गर्दा शिवपुरी गाउँपालिका–७ को गुरुङगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये दुई जना बालबालिका, छ जना महिला र चार जना पुरुष रहेका छन् । घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।
झापा, ४ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको…
भद्रपुर, ४ बैशाख । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि…
झापा, ३ बैशाख । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ । मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए । पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो–उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ ।
ताप्लेजुङ, ३ बैशाख । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बोलेरो चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको ज्यान गएको हो। त्यस्तै, सोही ठाउँ घर भएका सहचालक सौजन श्रेष्ठको अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ । बुधबार दिउँसो मे १ च ५१९३ नम्बरको उक्त बोलेरो लेलेपबाट तापेथोक तर्फ आउने क्रममा तापेथोक स्थित याङ्सिला चोकमा पुगेपछि अनियन्त्रित भई अन्दाजी ३०० मिटर तल खसेको थियो । घटना लगत्तै दुवैजनालाई आधारभूत स्वास्थ्य चौकी तापेथोक लगिएकोमा एकजनालाई चिकित्सकले मृत…
शिवसताक्षी, ३ बैशाख । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सवैका मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए । उनले शिवसताक्षी नगरपालिकाले यस सिरुवा पर्वलाई पनि यहाँका आदिबासी नागरिकहरुलाई उल्लासका साथ मनाउन आज नगर भरी विदा गरिएको जानकारी दिए । हाम्रो भाषा, लिपी संस्कारहरुलाई जर्गेन गर्न नया पुस्तालाई सुझाब दिए ।उनले हरेक मौलिक पर्वहरुलाई मनोरञ्जनका रुपमा मात्र नहेरी आफ्ना पुख्र्यौली पेशा, धर्म, संस्कृतिहरुलाई…
झापा, ३ बैशाख । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा आज अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको प्रमाणको आधारमा अभिभावकको उपस्थितिमा ती जोडीको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा जलेश्वरधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । सामूहिक विवाहमा वर बधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री–खड्कुँलासहित भाँडा–वर्तन र शुद्ध शाकाहारी प्रीतिभोजको व्यवस्थासमेत गरिएको गट्टानीको भनाइ छ । अर्जुनधारा धाम विकास समितिले अर्को वर्ष १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य…
शिवसताक्षी, ३ बैशाख । नेकपा एमालेले शिवसताक्षी नगरपालिका वडा नं. १ का ४ जना ज्येष्ठ नागरिक सम्मान गरेको छ । आज नेकपा एमाले वडा कमिटीले आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वडाका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा भिमप्रसाद सेर्मा, गोपाल बहादुर छेत्री, बमबहादुर लिम्बु, सीतादेवी खतिवडा रहेका छन् । उनीहरुलाई नेकपा एमाले शिवसताक्षी नगर इन्चार्ज चन्द्रकुमार सेर्मा, नगर अध्यक्ष मेदनी दंगाल, जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा, नरमाया कार्की लगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले पार्टीलाई संगठित बनाएर विधी र पद्धति अनुसार जनहितमा काम गर्दै लैजानु पर्ने बताए । आगामी २०८४ मा हुने…