
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धादिङ, १४ फागुन । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ३ जना घाइते भएका छन् । बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ ।ट्याङ्ककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ । गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ ।ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी…
झापा, १४ फागुन । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद ९साग०मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ । गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान…
झापा, १४ फागुन । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई…
चन्द्र बस्नेतकनकाई, १४ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा एकै दिन १३ परिवारको सामुहिक वर्तमान तथा २ परिवारको गुन्युचोली गरिएको छ। गत अघिल्लो आइतबार बाट भोलि १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। जसमा १३ गते मंगलबार महायज्ञमा १३ परिवारको सामुहिक वर्तमान र २ परिवारको गुन्युचोली गरिएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । ढकाल सहित अन्य माहानुभावहरुको पनि वर्तमान तथा गुन्युचोली गरिएको बताएको छ । आर्थिक अवस्था कम भएका हरुको निशुल्क…
झापा, १४ फागुन । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
बुद्धशान्ति, १४ फागुन । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । पालिकाले २५ वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि शिविर सञ्चालन गरेको छ । शिविर १७ गतेसम्म सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले बताएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । पालिकाका ७ वटै वडाका स्वास्थ्य सेवा केन्द्रमा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । जस अन्तरगत वडा नं. १ मा ३९ जना, वडा नं. २ मा ६५ जना महिलाहरुको…
बिर्तामोड, १३ फागुन । झापा बिर्तामोड–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमूल कुरान आधारभूत विद्यालय जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको छ । बिर्तामोड–३ मा विद्यालय भवन निर्माणका लागि एक कठ्ठा ११ धुर जग्गा खरीद गरिसकिए पनि थप दुई कट्ठा तीन धुर जग्गा खरीदका लागि आर्थिक संकलनमा जुटेको हो । विद्यालय निर्माणका लागि चार कठ्ठा जग्गा खरीद गरिने छ भने जग्गा खरीद गरेको व्यक्तिबाट पाँच धुर जग्गा सहयोगस्वरुप प्राप्त भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगले बाराबेरा र भवन निर्माण शुरु गरेको विद्यालयले आर्थिक अभावकै कारण पूरा जग्गा खरिद गर्न र भवन निर्माण गर्न नसकेको जनाएको छ ।…
झापा, १३ फागुन । झापा गौरीगञ्ज गाउँपालिका–१ हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं।को मोटरसाइकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सूरज राजवंशीको नाक, अनुहार र टाउँकोमा चोट लागेको थियो । घाइते उनलाई उपचारको लागि दमक अस्पताल दमक तर्फ पठाइएकोमा २ः१५ बजे उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, १३ फागुन । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र…
सुनसरी, १३ फागुन । सुनसरीको धरान उप–महानगरपालिका–८ स्थितबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फागुन १३ गते बिहान तीनकुने चेक प्वाइन्टस्थित भित्री सडक–खण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरानबाट इटहरी तर्फ जाँदै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा सहिदभूमि गाँउपालिका–२ का २१ वर्षीय सुरेश सिवालाई २९ किलोगाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।