झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेष : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि भने नयाँ रचना फुर्नेछ। ज्ञानमा प्रगति हुनेछ। नजिकका व्यक्तिले सहयोग गर्ने छन्। वृष : दिन सामान्य नै रहनेछ। अनपेक्षित शुभ समाचारले हौसला बढाउला। सजिलै अरूको विश्वास जित्न सकिनेछ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ। मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। कर्कट : उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्य सम्पादनमा…

Read More

झापा, १९ फागुन । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । सोमबार देशभर मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–८ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रीनिङ हुने भएको छ । कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक‌, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिनुभयो । कनकाई–८ लक्ष्मीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

Read More

कनकाई, १९ फागुन । झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि शिक्षक एवम् शिक्षण संस्थाहरुका प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे ज्ञान प्रदान गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय झापा प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । “जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै छौं”, उहाँले भन्नुभयो, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको…

Read More

चन्द्र बस्नेतकनकाई, १८ फागुन । झापाको कनकाई–३ सुरुङ्गामा प्राइम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ । कनकाई–३ सुरुङ्गामा सेवा दिँदै आएको बैंकले आइतबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो । आज एक संक्षिप्त कार्यक्रमका बीच नयाँ ठाउँबाट बैंकले सेवा सुरु गरेको हो । बैंकका ‘क्लस्टर बी’का प्रमुख इन्द्रप्रसाद गुरगाईले रिवन काटेर नयाँ ठाउँबाट सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकले देशभर वित्तीय पहुँचलाई विस्तार गर्ने रणनीतिअन्तर्गत विभिन्न स्थानमा नयाँ शाखाहरू थप्दै आएको छ । देशभर २ सय बढी स्थानबाट सेवा दिँदै आएको र कोशी प्रदेशमा ४६ वटा शाखा सञ्चालित रहेको…

Read More

इलाम, १८ फागुन । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलिले गोल रहित बराबरी खेलेका थिए । पुलिसको तर्फबाट थुप्रै अवसर पाए पनि गोल हुन सकेको थिएन । दबाबमा रहेको बाग्मतीले पनि पाएको अवसरलाई गोल गर्न सकेन । दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५ औ मिनेटमा बाग्मतीका खेलाडीले डि बक्स एरियामा बल हातले छुँदा पेनाल्टीको अवसर पाएको पुलिसले पेनाल्टी मिस गर्न पुग्यो । राष्ट्रिय टिमकी डिफेन्डर समेत रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोल गर्न…

Read More

झापा, १८ फागुन । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका उनीहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका(५ बस्ने वर्ष २२ का प्रेमा तामाङ रहेका छन् । उनको साथबाट प्लास्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका(९ बस्ने वर्ष २६ का दीपेन्द्र खापुङको साथबाट प्लास्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । त्यस्तै पैदल…

Read More

बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोड–४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । रजम महोत्सवको अवसरमा संस्थाका संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले उनीहरुलाई सम्मान गर्नुभयो । संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाई समेत सम्मान गरेको छ । त्यस्तै, संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी…

Read More

झापा, १८ फागुन । भद्रपुरमा आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो । आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएका घरधनी राजवंशीले जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन । टहरामा लागेको आगो मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुरका नगर प्रहरीसमेतको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिकाको दमकल मर्मत सम्भारको लागी बिर्तामोड ग्यारेजमा रहेकोले अन्य पालिकाबाट दमकल आएका थिए ।

Read More

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ । अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् काम ज्वरोका लक्षण ः आँखा माथि फर्काउने ।हातगोडा सबै कम्पन हुने ।जिउ नै अररो हुने ।मुखबाट फिँज निकाल्ने ।छोड्ने यस्तो हुँदा के गर्ने ? बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । के नगर्ने ? आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।बच्चालाई उत्तानो पारेर राख्दा थुक…

Read More