
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाण्डौ, २१ फागुन । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो । ३५ वर्षीय स्मिथले १ सय ७० ओडीआईमा ४३ दशमलव २८ को औसतमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८ सय रन बनाएका छन् । उनले एकदिवसीयमा अस्ट्रेलियाका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको १२औं स्थानमा छन् । अस्ट्रेलियाले सन् २०१५ र २०२३ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्दा स्मिथ टोलीको सदस्य…
चन्द्रकला भण्डारीझापा, २१ फागुन । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठुलो धोको पूरा भएको बताउनुभयो । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन”, हालै पाएको नागरिकता देखाउँदै उहाँले भन्नुभयो, “बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।” नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आउनुभएकी उहाँका तीन छोराको पेट पालनका लागि रोजगारी गर्न भारतको…
इलाम, २१ फागुन । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन् । बाँदरले दुःख दिएर खेती गर्न मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छिन्। “एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी…
झापा, २१ फागुन । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद…
झापा, २१ फागुन । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ । भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू ९इन्फ्लुएन्जा० कडा महसुस गर्नुभयो । उहाँले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाउनुभयो । “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भन्नुभयो । उहाँहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाती तथा…
झापा, २१ फागुन । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारीलाई लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेत रहेका छन् । प्युठान गौमुखी गाउँपालिका–४ का ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पनि…
मेष : अधुरा काम फत्ते हुनेछन्। आफ्नै दक्षताले जटिल काम सम्पन्न हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। वृष : परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पादन हुनेछन्। मिथुन : कार्य सम्पादनमा समस्या आउला। कुनै कुराले मन दु:खी बन्न सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। अभिभावकले ससाना त्रुटि औँल्याइदिँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। कर्कट : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।…
झापा, २१ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ…
इलाम, २१ फागुन । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो । कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि पनि सोही ठाउँमा आठ सय रोपनी…
झापा, २१ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। विहानपख तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन…