झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ बैशाख । आर्थिक अभावले बिर्तामोडका एक बालकको उपचारमा समस्या भएको छ । बिर्तामोड–५ जात्रुवारीका बोनम्यारोपीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो । बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरले छोरा उज्वलको बोनम्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए । चिकित्सकको परामर्श पश्चात भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि ठाकुर परिवार अहिले ठुलो संकटमा छ । बालकलाई चिकित्सकले भारतको चेन्नईमा लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको ठाकुरले बताए । डाक्टरले उनको थप उपचारका लागि २५ लाख भारु करीब नेपाली ४० लाख रुपैंया लाग्ने…

Read More

बिर्तामोड, ३ बैशाख । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने भएको हो । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा एक लाख विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो । कोशी प्रदेशका १४ वटै जिल्लाबाट विद्यार्थीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । “दैनिक ३३ हजार विद्यार्थी सहभागी हुने अनुमान छ”, उहाँले भन्नुभयो, “कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरेका छौं ।” प्रदर्शनीमा एसईईदेखि कक्षा–१२ सम्मका विद्यार्थीले…

Read More

झापा, ३ बैशाख । आन्दोलनरत शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले ४ बुँदे निर्णय गरेको छ । निर्णयसँगै उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वानसमेत गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन अन्त्य गरी विद्यालय फर्कन भनेको हो । शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ। शिक्षकहरूसँग…

Read More

झापा, ३ चैत । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो । गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक…

Read More

इलाम, ३ बैशाख । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ । “शिक्षक आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भनिन्, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन् ।” उनी मात्रै होइन उत्तरी इलामका…

Read More

झापा, ३ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ…

Read More

झापा, ३ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि…

Read More

झापा, २ बैशाख । झापाको मेचीनगर नगरपालिका–१२ कालिकास्थित कालिझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि एक जना घाइते भएका छन् । सोही स्थानका ३२ वर्षीय सन्तोष लिम्बू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा एक्कासी एक वटा जंगली हात्तीले लिम्बूलाई खेदाएको थियो । उनी भाग्ने क्रममा लडेर घाइते भएको अवस्थामा उनका भाइ सुजन लिम्बूले देखेर उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याएका छन् । उनको बाँया खुट्टा भाच्चिएको छ भने अवस्था सामान्य रहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा प्रहरी टोली थप अनुसन्धानका लागि घटनास्थल पुगेको थियो…

Read More

झापा, २ बैशाख । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ । बैशाख १ गते करिब ७ बजे शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पुर्व–पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थानका ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचार गर्न लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिले पठाइएको थियो । थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा आज मृत्यु भएको हो । मोटरसाइकल चालक शिवसताक्षी–८ का ३० वर्षीय दुरेन सेर्मा लिम्बू इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

Read More

काठमाडौँ, २ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह दुई दशमलव ४६ र लगानी समूह…

Read More