
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक दम्पतीको हत्या भएको छ। अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय प्युठानलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको हत्या गरेको देखिएको छ।
ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्। झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो । थप विवरण आउन बाँकी छ ।
झापा, १० फागुन । झापा बुद्धशान्ति गाँउपालिकामा आज भएको दुर्घटनामा घाइते भएकी एजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । बुद्धशान्ति–२ खतिवडा चौक स्थित जयपुर शनिश्चरे सडक खण्डमा मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ७५ वर्षीइा इन्द्रमाया कार्कीलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा पठाएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकल पछाडी सवार बुद्धशान्ति गाँउपालिका–७ का २४ वषीृय रविन गड्तौलाको हात खुट्टामा चोट लागी सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक जिल्ला इलाम सूर्योदय नगरपालिका–१०का २१ वर्षीय…
भद्रपुर, १० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई…
इलाम, १० फागुन । हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको ुनेपालमा हाब्रेु नामक पुस्तक बिमोचन गरिएको छ । शिलापत्रकर्मी गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक बिमोचन गरिएको हो । इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि बिभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रुपमा बिमोचन गरिएको छ । पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।…
यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ । नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ । विशेषगरी खाडी मुलुकहरु, युरोपियन देशहरु, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा ट्रेलरप्रति दर्शकको आकर्षण देखिएको छ । कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र यूएइमा पाँचौँ स्थानमा रहेको ट्रेलर अस्ट्रेलिया र जापानमा सातौँ, माल्टामा पनि सातौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा चौधौँ र बेलायतमा…
धनगढी,१० फागुन । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए । मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ । गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । यसका बेफाइदाहरु के – के रहेछन् स् १. धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन । २. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।…
सरोज भट्टराईशिवसताक्षी, १० फागुन । झापाको शिवसताक्षी नगरपापिलकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज शिवसताक्षी ६ स्थित जनआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटनमा शिवसताक्षी नगरका समुदायिक विद्यालय स्काउटर तथा एन सीसीका विद्यार्थीहरु मार्चपास गरेका थिए । त्यस्तै शिवसताक्षीको झिलझिले माविका एनसीसीका विद्यार्थी, मेची अंग्रेजी माविले माइधार र जनआदर्श माध्यमिक विद्यालय शिवगञ्जर श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका दूधेका रेडक्रस सर्कलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विद्यार्थीहरुको चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका…
धुलाबारी, १० फागुन । मेचीनगर–९, खुट्टीडाँगीमा सञ्चालित पारिजात पब्लिक स्कूलको अन्तर हाउस फुटबल प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी फुटसलमा सम्पन्न प्रतियोगिता अन्तर्गत जुनियर प्राइमरी स्तरको खेलमा ब्लू हाउसले यलो हाउसलाई ३–० ले पराजित गर्दै सानदार जित निकाल्यो भने छात्रा (लोअर सेकेन्डरी) तर्फ यलो हाउसले ब्लू हाउसलाई १–० को झिनो अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । यस्तै, छात्र (लोअर सेकेन्डरी) तर्फ ग्रीन हाउसले ब्लू हाउसलाई २–० ले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । प्रतियोगितामा जुनियर फुटबलको उत्कृष्ट गोलकिपर साइमन पाठक, म्यान अफ द म्याच सोजल न्यौपाने, म्यान अफ द टुर्नामेन्ट रिदम ढकाल, उदयीमान खेलाडी…