
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ग्रिन टी – चिया, कफीको तलतल छ भने आजैदेखि ग्रिन–टीको बानी बसाल्नुस् । ग्रिन टीमा भाइरसहरूलाई नष्ट गर्ने गुण हुन्छ । यसले तपाईंलाई आरोग्य प्रदान गर्छ । चिकेन सुप – रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुहोस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन । दही – दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता बढाउन सहयोगी हुन्छ । जौ – जौका परिकार खाने गरेमा शरीरमा बेटा–ग्लुक्यान नामक विशेष खालको फाइबरको मात्रा बढ्न जान्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । च्याउ – च्याउमा पनि बेटा–ग्लुक्यान पाइन्छ…
२० भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चिट्ठी’को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण पोष्टरमा फिल्मको मुख्य कलाकारलाई चिन्तित मुन्द्रामा देखाइएको छ । पोस्टर अनुसार फिल्ममा रहस्य र डर समेत रहेको अनुमान गर्न सकिन्छ । कमेडी तथा हरर जनरामा निर्माण भएको फिल्म माधव राज खरेलले निर्देशन गरेका हुन् । ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा निर्माण भएको निर्देशक खरेलले बताए । डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरू फिल्मले रोचक तवरबाट देखाएको उनको भनाई रहेको छ । फिल्ममा खड्ग बहादुर पुन मगर ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण…
झापा, ११ साउन । गत साउन ७ गते घरबाट हराएका झापा गाउँपालिका–१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत फेला परेका छन् । आफ्नै घरबाट गत साउन ७ गते हराएको सूचना पश्चात् खोजतलास गर्दा सानो माई खोलाको पुलदेखि करिब २०० मिटर दक्षिण किनारमा मृत अवस्थामा फेला परेका छन् । उनी साउन ११ गते बिहान ९:१५ बजे खोलाको किनारमा घोप्टो परेको अवस्थामा देखिएका हुन् । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झापाबाट प्रहरी अमलाहरु खटिइ कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
फुङलिङ, ११ साउन। ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ । चालकलाई उपचारका…
विराटनगर, ११ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ । अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा…
काठमाण्डौ, ११ साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले लगातार चौथो खेल जितेको छ । यस अघि अस्ट्रेलियाले लगातार तीन खेल जित्दै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो । वेस्ट इन्डिजले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर दुई बलमा सात विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका क्यामरुन ग्रिनले अविजित ५५ रन बनाए । यस्तै जोश इङ्गलिसले ५१ र ग्लेन म्याक्सवेलले ४७ रन बनाए । वेस्ट इन्डिजका जेडिया ब्लेड्सले तीन विकेट लिए । यस्तै जेसन होल्डर, रोमारियो शेफर्ड र अकिल होसेनले समान एक विकेट लिए…
झापा, ११ साउन । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।
हरिद्वार, ११ साउन । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दु मन्दिरमा आइतबार भिडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दूधर्मावलम्बीको पवित्र सहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् । “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” सहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताउनुभयो। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताउनुभएको छ । “यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उहाँले भन्नुभयो। धार्मिक चाडहरूमा घातक भागदौड र भिडभाडका…
सुर्खेत, ११ साउन । वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा पूर्वसैनिक दानसिंह ठाडाले आफ्नी श्रीमती रविना ठाडाको हत्या गरेका छन्। शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। हत्या गरेपछि ठाडाले आफैँ प्रहरीलाई फोन गरी जानकारी गराएका थिए। उनले भनेका थिए, “सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्”। प्रहरीका अनुसार उनले घरको ठेगाना पनि दिएका थिए, जसपछि आइतबार बिहान २ बजेतिर उनलाई नियन्त्रणमा लिइएको हो । वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार ठाडाले घटना अघि फोन नम्बर माग्दै परिवारका सदस्यहरूलाई पनि सम्पर्क गरेका थिए। उनी केही वर्षअघि नेपाली सेनाबाट अवकाश लिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार रविनालाई सुतेकै अवस्थामा…
झापा, ११ साउन । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कानुन शाखाबाट जारी सार्वजनिक सूचनामा उनीहरू लामो समयदेखि गैरहाजिर रहेको उल्लेख छ। गैरहाजिर हुनेमा प्राविधिकतर्फका एक असईसहित चार असई, दुई कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान रहेका छन्। कार्यालयले स्पष्ट रूपमा चेतावनी दिएको छ कि यदि उनीहरू सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइनेछ ।