झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १० साउन । चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका छन् । कार्यक्रममा प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो । रुद्राक्ष फिल्स प्रा।लि।को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र तिमिल्सिनाले…

Read More

सिरहा, १० साउन । लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल न(७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Read More

एजेन्सी, १० साउन । थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो । कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा…

Read More

सुनसरी, १० साउन । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए । जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा…

Read More

बिर्तामोड, १० साउन । झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१र ०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा चार वटाको हात्ती विभिन्न कारणले मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२…

Read More

झापा, १० साउन । झापाको दमक नगरपालिका–४ स्थित चियाबगान क्षेत्रनजिकै पूर्वपश्चिम राजमार्गमा आज बिहान बसले साइकललाई ठक्कर दिँदा ६० वर्षका पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान ६स्४५ बजेतिर उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं। १–०१–००१ ख ४३६३ नम्बरको बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकललाई ठक्कर दिँदा साइकलमा सवार दमक–४ घरघरे निवासी ६० वर्षीय सोमबहादुर विक गम्भीर घाइते भएका थिए। दमक अस्पताल लगिएका उनलाई उपचारका क्रममा बिहान ७स्२८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव त्यही अस्पतालमा छ। ठक्कर दिएको बस र चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–७ निवासी ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय (दमक) ले नियन्त्रणमा लिएको…

Read More

झापा, १० साउन । कोशी प्रदेशमा घरजग्गा रजिष्ट्रेशन गर्दा महिला र जेष्ठ नागरिकले पाउने २५ प्रतिशत राजश्व छुटका लागि अब स्थानीय तहको सिफारिस अनिवार्य नपर्ने भएको छ। नागरिकता वा अन्य प्रमाणिक कागजातकै आधारमा छुट पाइने व्यवस्था गरिएको छ । साउन १ गतेदेखि लागू भएको कोशी प्रदेश आर्थिक ऐन, २०८२ को अस्पष्ट प्रावधानका कारण मालपोत कार्यालयहरूले महिला वा जेष्ठ नागरिक प्रमाणित गर्न सिफारिस माग्न थालेका थिए। नागरिकतामा लिङ्ग र उमेर स्पष्ट हुँदाहुँदै पनि सिफारिसको झन्झटले सर्वसाधारणलाई सास्ती दिएको थियो। सार्वजनिक आलोचना र दबाबपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले ऐनको व्याख्या स्पष्ट गर्दै नयाँ परिपत्र जारी गरेको छ। मन्त्री रामबहादुर मगरले ऐनमा…

Read More

झापा, १० साउन । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उहाँले पेट्रोलियम पदार्थ रु १९ अर्ब ९४ करोडको आयात हुँदा रु चार अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिनुभयो । गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि…

Read More

झापा, १० साउन । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो । इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले…

Read More

झापा, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी…

Read More