झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ साउन । झापाको कचनकवल गाउँपालिका–४ लोधावारीमा लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । आज साँझ करिब ५:३० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार किशनगंजका २५ वर्षीय मो. सोहेल, उनकी २९ वर्षीया पत्नी तबसुम आरा र २४ वर्षीय कचालु अन्सारीलाई नियन्त्रणमा लिएको हो । उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला शंकास्पद देखिएकाले जाँच गर्दा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिक बाहेक ५८ ग्राम ४०० मिलिग्राम…

Read More

विराटनगर, ९ साउन । कोशी प्रदेश प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ५ सय १३ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय भोग्न बाँकी रहेका अभियुक्तहरूलाई खोजी गरी पक्राउ गर्न प्रदेशभित्रका १४ जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको छ। प्रहरीको विशेष रणनीति, सूचना प्रविधिको प्रयोग, र समुदायसँगको सहकार्यमार्फत कानूनी राज स्थापनासहित न्याय प्रणाली प्रभावकारी बनाउन उल्लेखनीय सफलता प्राप्त भएको छ। पक्राउ परेका व्यक्तिहरुबाट १ हजार ४ सय १६ वर्ष बराबरको कैद तथा १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको छ। जिल्लागत विवरण: जिल्लापक्राउ संख्यामोरङ११५६सुनसरी१००२झापा५३४इलाम१४६पाँचथर४२ताप्लेजुङ४८धनकुटा५७तेह्रथुम४५भोजपुर४४संखुवासभा२८उदयपुर२६०ओखलढुंगा६९सोलुखुम्बु१४खोटाङ५३प्रादेशिक अनुसन्धान…

Read More

सिराहा, ९ साउन । सिराहाको गोलबजारमा आफ्नै भाइले खुकुरी प्रहारबाट गर्दा दाइको मृत्यु भएको छ । गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतीराम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताएका छन् । श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण कुटपिट हुन थालेपछि छुट्याउन पुगेका मोतीराममाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए । खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतीरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले…

Read More

चन्द्र पन्दाकताप्लेजुङ, ९ साउन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखु र…

Read More

काठमाडौ, ९ साउन । इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ। परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ। तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन। यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ।

Read More

ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी अभिनित बलिउड फिल्म ‘वार २’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ । यी दुईजनाको भीडन्त प्रस्तुत गर्दै ट्रेलरमा विस्फोटक एक्सन, रोमान्स र दुई बीचको तीखो संवाद प्रस्तुत गरिएको छ, आउँदै गरेको जासूसी कथाको झलक दिन्छ । यो फिल्म यशराज फिल्म्सको ‘जासूसी ब्रम्हाण्ड’को नयाँ श्रृंखला हो । दुई मिनेट पैंतीस सेकेन्डको ट्रेलर रोमाञ्चक स्टन्ट, अद्भुत एक्सन दृश्य र जबरदस्त नाटकले भरिएको छ । ट्रेलर ऋतिकको आवाजबाट सुरु हुन्छ, जसले आफ्नो जागिर, नाम र पहिचान समेत त्यागेर छाया बन्ने वाचा गर्छन् । यसमा एउटा संस्कृति श्लोक पनि छ( कर्मण्येवाधिकारस्ते मा फलेषु कदचन’। यो भागवत गीताको एउटा श्लोक…

Read More

शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पँहेलो रोग) भनेर चिनिन्छ। जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ। सामान्य अवस्थामा, कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कलेजोमा कुनै समस्या भएमा, यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्छ। गतमा बिलिरुबिनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएपछि, यसले गर्दा आँखा, छाला र पिसाब पहेँलो देखिन्छ। यो कलेजो, पित्त नली, वा रगतसँग सम्बन्धित समस्याको संकेत हुन सक्छ। समयमै उपचार नगरेमा गम्भीर समस्या निम्त्याउन सक्छ। यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य समस्याहरूको संकेत हुन सक्छ। जन्डिस आफैंमा कुनै रोग होइन, यसकारण,…

Read More

झापा, ९ साउन । झापाका लागू औषध तथा प्रतिबन्धित औषधीको कारोवार वढेसँगै प्रहरीले सम्भावित क्षेत्रहरुमा डगबाट स्नापिङ शुरु गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रण, पहिचान तथा न्युनिकरण प्रयोजनार्थको लागि २ वटा डगबाट स्नापिङ गरेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालय के नाईन (-k9) शाखा, धरान, सुनसरीबाट खटिएको डग स्नापिङ टोलीले सम्भावित अपराध रोकथामका लागि झापामा डगबाट स्नापिङ गरेको हो । प्रहरीले बिहीवार साँझ ५ बजेको समयमा झापा मेचीनगर नगरपालिका–९ झोडास्थित गरेको डगबाट स्नापिङबाट तीन स्थानबाट तीन जनालाई पक्राउसमेत गरेको छ । प्रहरीले मेचीनगर–९ झोडा, लिलाबस्ति र खुट्टिडाँगि एरियामा डग स्नापिङ गरेको थियो । मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा…

Read More

विराटनगर, ९ साउन । मोरङ र सुनसरीबाट साउन ८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको…

Read More

झापा, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा ,…

Read More