झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साउन ९ गतेका लागि २६ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै एल्लो अलर्ट जारी गरेको छ। बाढी मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि आज दिनभर बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत र दैलेख जिल्लामा बहने ससाना नदीमा बाढीको सम्भावना मध्यम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह…

Read More

चितवन, ९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना गए राति १२स्३० बजे भएको हो। खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ गइरहेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते कँडेलको भरतपुर अस्पतालमा राति १स्१९ बजे उपचारका क्रममा मृत्यु भएको हो। बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

झापा, ९ साउन । भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्‍याइएको छ । ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट काठमाण्डौ ल्याइँदैछ । गृहमन्त्री रमेश लेखकले फर्काइएका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा…

Read More

झापा, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर साधारणतया बदलीको अवस्था छ। दिउँसोको पूर्वानुमानबागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाबागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनाअन्य प्रदेशका थोरै स्थानहरूमा पनि चट्याङसहित वर्षा हुन सक्ने रातिको पूर्वानुमानकोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदलीबाँकी भूभागमा आंशिक बदलीकोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

Read More

झापा, ८ साउन । कोशी प्रदेशमा बढ्दो लागूऔषध गाँजाको ओसारपसार, बिक्री तथा खेती नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरले सक्रियता बढाएको छ। सवारी चेकजाँच कडाईका साथ गरिएको कारण एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट, तरकारी बोक्ने गाडी, मोटरसाइकल, नदी तथा जमिनमार्फत लुकाइ छिपाई गरिएको गाँजा बरामद गर्न प्रहरी सफल भएको छ । आर्थिक वर्षको विवरण: – बरामद गाँजा: – सुनसरी : १२,३७५ किलो ९२९ ग्राम – मोरङ : ६,६५० किलो ४०० ग्राम – धनकुटा : ४,१९४ किलो ३०० ग्राम – उदयपुर : १,८१० किलो ४८४ ग्राम – झापा : १,६५१ किलो २८२ ग्राम – कुल : २६,७०५ किलो ५३८ ग्राम ९७…

Read More

शिवसताक्षी, ८ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझादारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो । आज नगरपालिका कार्यालयबाट ४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई हुइलचियर, सिपी हुइल चियर र ट्राइसाइकल वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सहायक सामाग्री वितरणका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता प्रदान गर्न सहायक सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले तपाईहरुलाई उपलब्ध गराइएका सामाग्रीहरुले ठुलो सहयोग नपुगेपनि दैनिक जीवनका लागि महत्वपूर्ण भूमिका पुग्ने अपेक्षा गरिएको बताउनु…

Read More

झापा, ८ साउन । अत्यधिक रक्सी खाँदा झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कन्काईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कन्काई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक रक्सी खाने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । उनले कन्काईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए । यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन्…

Read More

झापा, ८ साउन । झापाको कमल गाउँपालिका–३ स्थित मुक्तेश्वर मन्दिर परिसरमा आज वर्षा प्राप्तिको कामना गर्दै परम्परागत भ्यागुता–भ्यागुतीको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ। पानी नपरेर चिन्तित बनेका कृषकहरू तथा स्थानीय श्रद्धालुहरूको उपस्थितिमा यो सांस्कृतिक अनुष्ठान आयोजना गरिएको हो। सदियौंदेखि जलदेवता इन्द्रलाई प्रसन्न पार्न भ्यागुताको विवाह गर्ने जनविश्वास रहेको छ। यही परम्परालाई निरन्तरता दिँदै विवाह समारोहमा वैदिक विधिअनुसार गणेश पूजन, कलश स्थापना, वरमाला, सप्तपदी (फेरो), सिन्दूरदान लगायतका रस्महरू पालना गरिएको थियो। नर र मादा भ्यागुतालाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह गराइएको थियो। कार्यक्रम संयोजक दुर्गा थापा झगडे माईलादाइले वर्षा नभए कृषिको संकट हुने बताउँदै जलदेवतालाई प्रसन्न पार्न यो परम्परागत विधि अपनाइएको जानकारी…

Read More

झापा, ८ साउन । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन हुँदै आएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको छ। सरकारले गत आर्थिक वर्षको भुक्तानी नदिएको कारण सेवा स्थगित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएका हुन्2। सरकारले विपन्न परिवारका बालबालिकाका लागि प्रति व्यक्ति रु २ लाख ५० हजारको सहायता अनुदान दिने निर्णय गरेको थियो। तर, भुक्तानी नआएपछि गङ्गालाल केन्द्रले सेवा रोक्नुपरेको हो । सांसद सिंहले यो सेवा जीवनरक्षाको माध्यम भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीलाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेका छन् । सांसद सिंहले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति…

Read More

भक्तपुर, ८ साउन । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित एक घरमा बिहीबार बिहान मृत फेला परेका दुई किशोरी दिदीबहिनी भारतबाट हराएको खुलेको छ । मृतक १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल सुर्खेतको पञ्चपुरी नगरपालिका–८ तिनकुनेका स्थायी बासिन्दा हुन् । उनीहरूको शव चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलामा झुन्डिएको अवस्थामा फेला परेको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडाध्यक्ष दीपककुमार थापाका अनुसार दिदीबहिनीका बाबु बासुदेव कँडेल र आमा उमा कँडेल रोजगारीका लागि भारतमा बस्दै आएका छन् । तीन साताअघि मुम्बईको मिरा भाईन्दरबाट कम्प्युटर कक्षा जान्छु भनेर घरबाट निस्किएका किशोरीहरू त्यसपछि सम्पर्कविहीन भएका…

Read More