
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ११ असार । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रंगेली-१ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जीवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।
झापा, १० असार । बुद्धशान्ति साप्ताहिक र ट्राफिक प्रहरी पोस्ट बुधबारेको आयोजनामा अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । बौद्धिक विकास र ट्राफिक सचेतना अभिवृद्धिको उद्देश्यका साथ आज बुधबारे स्थित बुद्धआदर्श माविको सभाहलमा निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रम बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराईको सभापतित्व सम्पन्न भएको थियो भने भने प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख इन्सपेक्टर गणेश पौडेल रहेका थिए ।त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का अध्यक्ष अनिल वाग्ले रहनु भएको थियो । त्यस्तै त्यहाँ शिक्षा, साहित्य र समाजसेवामा सक्रिय विभिन्न व्यक्तिहरूको पनि आतिथ्य रहेको थियो…
झापा, १० असार । झापाको कन्काई नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी चलाउने ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असार ९ गते अपरान्ह सवारी दुर्घटना न्यूनीकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा पूर्व पश्चिम लोकमार्गमा संचालन हुने यात्रु वाहक सवारी साधन तथा निजि सवारी साधनका चालकहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा संकित चालकको ला.प.से. चेकजाँच गरेको थियो । संकित चालकको ला.प.से. जाँचको क्रममा यात्रुवाहक बसका चालक २ जना, सहचालक २ जना, ईभि गाडीका चालक १ जना, टिफरका चालक १ जना र…
शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यस खालको समस्या देखिन्छ त ? बच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले बताए । ‘बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ,’ उनले भने, ‘चुलबुले तथा खेल्ने बच्चाहरूलाई क्याल्सियम बढी चाहिन्छ ।’ बच्चा उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पु¥याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइका कारण बाथरोग…
काठमाडौँ, १० असार । हास्यव्यङ्ग्य कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड‘ नियुक्त भएका छन्। अल्फा अटोमोटिभ प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीलाई रोयल इनफिल्ड सो महत्वपूर्ण भूमिकामा नियुक्त गरिएको जानकारी गराएको हो । विगत दुई दशकदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै आएका क्षेत्रीलाई कम्पनीले मोटरसाइकलप्रतिको गहिरो लगाव, सादगीपूर्ण जीवनशैली र प्रेरणादायी व्यक्तित्वका कारण ‘फेस अफ रोयल इनफिल्ड‘को रूपमा रोजेको जनाएको छ। ुहामी सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गर्दछौं,ु रोयल इनफिल्ड नेपालकी मार्केटिङ मेनेजर प्रेक्षा लम्सालले विज्ञप्तिमा उल्लेख गरेकी छन् । यो सहकार्यबाट रोयल इनफिल्डको शैली,…
झापा, १० असार। झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ । यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम…
झापा, ९ असार । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे. क्वा झापाको आयोजनामा २० जना युवालाई इलेक्ट्रिसियन तालिम प्रदान गरिएको छ। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सिमावर्ती क्षेत्रमा बसोबास गर्ने २० जना युवालाई ६५ दिने इलेक्ट्रिसन तालिम प्रदान गरिएको हो। झापाको गौरीगञ्ज गाउँपालिका–३ स्थित उद्योग वाणिज्य संघको सभाहलमा आज तालिमको समापन गरिएको छ। गत २०८१ सालको चैत २९ गतेदेखि सुरु भएको उक्त तालिम सशस्त्र प्रहरी बलको आयोजना, गौरीगञ्ज गाउँपालिकाको सहजीकरण तथा दमक बहु-प्राविधिक तालिम शिक्षालयको सहकार्यमा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे. क्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेल जानकारी दिनुभयो…
झापा, ९ असार । झापा, मोरङ र उदयपुरबाट चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ बर्षीय कबिन भन्ने निरोज लामा, झापाको कन्काई नगरपालिका-३ का २६ बर्षीय विनोद बर्देवा र मोरङको धनपालथान-४ का १९ बर्षीय जोसेफ हेमरम रहेका छन । २०८१ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी-३ का पदम राईको घरबाट ४ तोला सुनको गर-गहाना चोरी भएको घटनामा अनुसन्धान तथा खोजतलासको क्रममा कबिन भन्ने निरोज लामालाईगाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले असार ७ गते पक्राउ गरेको हो । त्यसैगरी, २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका-३ का रबिन…
झापा, ९ असार । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर नजिकै आज बिहान आगलागी भएको छ। कृष्ण तिमल्सिनाको भान्सा घरमा रहेको ग्याँसको सिलिण्डर लिक भई रेगुलेटरमा आगो लागेपछि आगलागी सुरु भएको हो । स्थानीय बासिन्दा, नेपाल प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट भान्सामा रहेको एक थान फ्रिज, दराज र ठेकी जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। सञ्चार गरिएको विवरण अनुसार, घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको पुष्टि गरिएको छ।
झापा, ८ असार । झापाको भद्रपुरबाट लागुऔषधसहित कार र २ जना कारोबारी पक्राउ प्रहरीले पक्राउ गरेको छ । शनिबार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट र लागु औषध नियन्त्रण ब्यूरो का काँकरभिट्टाबाट खटिएका प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. २६ का २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ की २२ वर्षीया नोजिना राना मगरलाई पक्राउ गरेको हो । भद्रपुर नगरपालिका वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आउदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नं. को नेटा कम्पनीको ब्लु रंगको कार रोकी चेकजाँच गर्ने क्रममा चालक कुँवरले चालक बस्ने सिटमा कालो प्लाष्टिकमा अबैध…