झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ। महाशाखाले आज बिहान चेतावनी जारी गर्दै भनेको छ– हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला । यसअघि मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना…

Read More

झापा, २७ जेठ । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरुद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । खेलमा २–० गोलले पछि…

Read More

झापा, २७ जेठ । झापाको बिर्तामोड आसपासका क्षेत्रमा चोरीका घटना बढेसंगै प्रहरीले चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गत फागुन २२ गते अर्जुनधारा–६ दासपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो । सो घटनामा संलग्नहरुलाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड–२ चारपानेका २८ वर्षीय सुरज राई, चोरीको गर–गहना खरिद गर्ने बिर्तामोड–१ नारायण चोकका ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढ) र शेरावाली ज्वेलर्स बिर्तामोडका…

Read More

झापा, २७ जेठ । झापाको छिमेकीको भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ का १९ वर्षीय बिनोद बनियालाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानका खगेन्द्रकुमार कार्कीको भैंसी खेतमा चराउनका लागि पगाहा लगाएको स्थानबाट चोरेर बानियाले बेच्न लगेका थिए । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने बिरिङ खोला पुर्‍याएर भैंसी व्यापारीलाई बोलाएर बिक्री गर्ने क्रममा व्यापारीलाई चोरी गरी ल्याएको भन्ने शंका लागेपछि प्रहरी खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराएर दिन ५ म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी राखेको…

Read More

झापा, २७ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले मंगलवार मुक्तिचोक– शनिश्चरे रोडमा नयाँ उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सह संयोजकमा प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्षमा सिजर राजभण्डारी रहेका छन् । सदस्यहरुमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाँई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल (रघुनन्दन) रहेका छन् । त्यस्तै…

Read More

झापा, २७ जेठ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई(मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिनुभयो । “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का…

Read More

बिर्तामोड, २७ जेठ । झापामा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बडी ग्यारेज बिर्तामोडको आयोजनामा भदौ २७ र २८ गते तेस्रो संस्करण अन्तरगतको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको हो । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुने प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिनुभयो । पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुनेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ,…

Read More

झापा, २७ जेठ । मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं. ३ बस्ने ३५ बर्षीय श्यामकुमार यादवलाई ब्राउनसुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै, हिजो राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका–४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित…

Read More

दमक, २७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जेठ ३१ गते पाँच जातीय मोर्चाहरुको राष्ट्रीय सम्मेलनलाई पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य साबित्रीकुमार काफ्ले (समर) ले जानकारी दिए । प्रदेश मोर्चा फ्याक्सन इन्चार्ज हिमाल किराती र धिमाल राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तारिकलाल धिमालले सम्मेलनका बारेमा जानकारी दिएका थिए । कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति…

Read More

झापा, २७ जेठ । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दैछ । लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन् । छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन् । सुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छन्। जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ । छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा…

Read More