
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ। अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ। युरो र पाउन्डको मूल्य भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९…
झापा, २२ फागुन । अमेरिकाबाट बुधबार डिपोर्ट भएर काठमाडौँ ल्याइएका आठ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन । बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए । काठमाडौँबाट दुबई हुँदै युरोप पुगेका उनीहरू…
मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। सुरु गरेको काम आरामपूर्वक सम्पन्न हुनेछ। बोलीवचनमा भने संयम हुनुपर्ने देखिन्छ। वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम सुरु गरिनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मिथुन : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। कर्कट : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको…
झापा, २१ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज बेलुकी महाकाली नगरपालिका–२ मैखोलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परी महाकाली नगरपालिका वडा २ का चालक अन्दाजी ३२ वर्षीय महेश भुलको मृत्यु भएको र सोही स्थानका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाइते भएको प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिनुभयो । चालक महेश भुलको अवस्था गम्भीर रहेकोमा उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको तथा अन्य २ जनाको अवस्था सामान्य रहेको…
झापा, २१ फागुन । प्रतिनिधिसभाको आजको बैठकले सरकारले हालै जारी गरेको विभिन्न ५ वटा अध्यादेश पारित गरेको छ । बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश पारित गरेको हो । यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाको बैठकले पारित गरेको हो । सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको भए पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ भने आजको प्रतिनिधिसभामा…
इलाम, २१ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ । बुधबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामलाई २–० गोलले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मीले फाइनलको यात्रा तय गरेको छ । आर्मीको जीतमा बिमला चौधरीले २ गोल गरिन । नेपाली राष्ट्रिय टिमका समेत खेलाडी रहेका आर्मी र विभिन्न क्षेत्र कलेक्सन खेलाडी रहेको आयोजक ओएसीस बीचको खेलमा पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो भने दोस्रो हाफमा आयोजकलाई आर्मीले दबाबमा राख्यो । आजको ‘प्लेयर अफ द म्याच’ आर्मीको खेलाडी बिमला चौधरी बनिन । उनले नगद ५ हजारसहित ट्रफी…
दशैं जस्ता चाडपर्वमा मनलाग्दी खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्( ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो ।’ यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै देखिन थाल्छ । शरीरको तौल बढ्छ, मधुमेहले च्याप्छ, कोलेस्टेरोलले दुःख दिन्छ । तब उनीहरू भन्न थाल्छन्, ‘अब के गर्ने होला ?’ चाडपर्वमा लापरबाही चाडपर्वमा शरीरले भन्दा पनि मनले खाइदिन्छौं । मन लागेर खान्छौं, मन राख्नका लागि खान्छौं । घरमा मीठो मसिनो खानेकुरा पाक्न थालेपछि हामी मन थाम्न सक्दैनौं, मस्त खाइदिन्छौं । आफन्त, इष्टमित्रकहाँ गइन्छ । त्यहाँ हाम्रो स्वागतार्थ खानेकुरा दिइन्छ । पाहुनालाई हार्दिकतासाथ पस्किएको खानेकुरा त्यसै पन्छाउन सक्दैनौं । पेट टम्म…
पोखरा, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका–३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका–५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए । घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान…
बिर्तामोड, २१ फागुन । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरको पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा। नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुकासाथै आवश्यक औषधीसमेत निस्शुल्क वितरण गरेको जानकारी दिनुभयो । नगरपालिकाले यस आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोहि सुचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले…
काठमाडौँ, २१ फागुन। आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १ देखि साउन १ गतेसम्ममा सबै प्रदेशले सवारीचालक अनुमतिपत्रको छपाइ गर्ने गरी निर्णय भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा सवारीचालक अनुमति छपाइ प्रदेशबाटै छपाइ गर्नुका साथै सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई तीव्रता दिनसमेत प्रदेशका मन्त्री तथा सचिवहरूले प्रतिबद्धता जनाउनुभयो । निर्णयमा सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री…