
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, २० फागुन । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्वन्धमा छलफल चलिरहेको छ । नगरका वडा नं. १, २, ३ र ८ नम्बर वडामा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो । सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, सहकारी, निजी विद्यालय, होटल व्यवयसायी, ठेक्केदार तथा ढवानी व्यवसायी, उद्यमी, व्यवसायिक किसान, बैदेशिक रोजगार सम्बद्ध सरोकारवाला, रिटर्नी संस्थाका प्रतिनिधि, बुद्धिजिवी र अन्य व्यवसायीहरुसँग छलफल गरेको रोजगार सेवाकन्द्रका प्रमुख विदुर तिम्सिनाले जानकारी दिए । रोजगार सेवा केन्द्रका प्रमुख बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए । ४…
कनकाई, १९ फागुन । प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार राति विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३ ० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गत भएको प्रतियोगितामा झापाले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता पाँचथरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। प्रतियोगिताका लागि सहभागी टिममा कनकाई नगरपालिकाका नौ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा कनकाईकी जेनिफर मगरले प्लेयर अफ द टुर्नामेन्ट र हाइ स्कोरर घोषित हुँदै २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, कनकाई सिम्रन राई बेस्ट मिड…
मोरङ, १९ फागुन । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल–७३ चक्की, स्पास्पेन–८० चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट…
मोरङ, १९ फागुन । संखुवासभा खाँदबारी–९ सालघारी स्थितमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार १ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्ला प्युठान सोमद्धार नगरपालिका– १ का २६ बर्षीय एकम अधिकारी रहेका छन् । फागुन १८ गते राती खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १.०२.०५३ प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका अधिकारी घाईते भएकोमा उनलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक धर्मदेवी नगरपालिका(६ हुम्जुङका २५ बर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ ।
काठमाडौं, १९ फागुन । सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ। आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ । इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो। गत वर्ष पहिलो पटक आहा रारा…
एजेन्सी, १९ फागुन । ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् । यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै ब्राजिलियन फिल्म आई एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको…
क्यारोलिना, १९ फागुन । आइतबारदेखि उत्तर र दक्षिण क्यारोलिनामा जंगलमा डढेलो फैलिएको छ। तीव्र हावा चलिरहेको बेला आगो नियन्त्रण गर्न टोलीहरू निरन्तर संघर्ष गरिरहेका छन्। आगलागीको बढ्दो खतराका कारण राष्ट्रिय मौसम सेवाले केही क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। समुद्र तटका अधिकांश भागहरूमा आपत्कालीन आश्रयहरू स्थापना गरिएको छ। आगलागीपछि आइतबार आपत्कालीन अवस्था घोषणा गरिएको थियो। मिडिया रिपोर्टका अनुसार आइतबार बिहान १० बजेसम्म दक्षिण क्यारोलिनामा लागेको डढेलोले लगभग १,२०० एकड जमिन जलेको थियो। राष्ट्रिय मौसम सेवाले जर्जियादेखि न्यु जर्सीसम्म डढेलोको चेतावनी पनि जारी गरेको छ। बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै, दक्षिण क्यारोलिनाको गभर्नर हेनरी म्याकमास्टरले आपत्कालीन अवस्थाको घोषणा गरेका थिए। यस…
काठमाडौँ, १९ फागुन । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्लाचनका लागि आज संगठन दर्ता हुँदैछ। आज देशभरका क्याम्पसहरु विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ। २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ। २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ। २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा…
काठमाडौँ, १९ फागुन । मनकामना दर्शन गरेर फर्कदै गरेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११ः३० बजे दुर्घटना भएको हो। दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो। दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ।’ मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी…
झापा, १९ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको…