झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, २१ फागुन । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको कोशी (लदी) पुजा यस वर्ष पनि झापाको पर्यकीय क्षेत्र दोमुखामा धुमधामका साथ मनाइएको छ । नेपाल माझी उत्थान संघ जिल्ला समिति झापाको आयोजनामा पर्यकीय क्षेत्र दोमुखा स्थित कनकाई नदिको तटमा सामुहिक रुपमा पानीलाई तान्त्रिक विधिद्वारा पूजा गर्दै लदी पुजा मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले लदी पुजा माझी समुदायको मात्र नभई यो सबै जात जातिको रहेको बताए । नेपालीहरुको मौलिक पर्वहरु सबै जाति समुदायहरुले मनाउन थालेको बताउँदै नगरप्रमुख थोप्राले नेपालीको मौलिक पर्वलाई विश्व सामु चिनाउनु पर्ने बताए । समाजमा सानो रुपमा रहेको…

Read More

चन्द्र बस्नेतकनकाई, २० फागुन । झापाको कनकाई नगरपालिकामा १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा न १दुर्गापुर स्थित सामुदायिक भवनमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना वडा न १ को आर्थिक सहयोगमा गत माघ २१ गतेदेखि फागुन २० गते मंगलबार आज सम्म चलेको १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको हो। आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुस्पा भट्टराई (कडेलको) सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा…

Read More

झापा, २० फागुन । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी–७ झापाले आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ । कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच विद्यालयले बार्षिकोत्सव मनाएको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ भने विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको हो । ज्येष्ठ अभिभावका रुपमा हिरा कुमारी राजवंशी र दिलवहादुर कार्कीलाई सम्मान गरेको हो ।त्यस्तै अभिभावक तर्फ मीना आचार्य, विमला राजवंशी , पूजा मुर्मू र दिपा उप्रेतीलाई सम्मान गरेको हो । यता शिक्षक तर्फ नेत्र प्रसाद पौडेल र हेम सागर कट्वाललाई…

Read More

इलाम, २० फागुन । एपीएफ क्लब काठमाडौँ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मङ्गलवार भएको खेलमा मदर टेरेसा फुटबल क्लब युपी भारतलाई १४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । एपीएफका तर्फबाट रश्मि घिसिङले डबल ह्याट्रिक, अनिता बस्नेतले ५ गोल, अनिता केसी, मनमाया दमाई र कुसुम खतिवडाले १र१ गोल गरिन् । मदर टेरेसा भारतको तर्फबाट प्रतीक्षा क्षेत्रीले १ गोल फर्काइन् । नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफ र भारतको मदर टेरेसा बीचको आजको खेल पहिलो हाफको केही मिनेट प्रतिस्पर्धात्मक रहे पनि त्यस पछि एपीएफले दबाबमा राख्यो र…

Read More

बिर्तामोड, २० फागुन । होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य लिएर यस वर्ष पनि अभियान सञ्चालन गरेको हो । मुलुकमा १० वर्षे द्वन्द्र चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक पर्दै गएकोले आन्तरिक पर्यटन नै विगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएको हो । गण्डकी प्रदेश–नेपाल पर्यटन बोर्डको मुख्य प्रबद्र्धनमा गत फागुन १८ देखि २२ गते सम्म पूर्वी नेपालका जनकपुर, बिर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान सञ्चालन गरिएको बिर्तामोडमा आज…

Read More

बिर्तामोड, २० फागुन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन गरिएको छ । प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)–ले आज व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष राजु पाठकले नवनिर्वाचित अध्यक्ष पुष्प खड्कालाई माइन्युट हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन–प्रकाशनमा प्रकाशित सुखानी सन्देशको विशेषांक प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका…

Read More

झापा, २० फागुन । झापाको कचनकवल–७ स्थित जनता माध्यमिक विद्यालयमा गुनासो सुनुवाई संयन्त्र स्थापनासँगै विद्यार्थीलाई उनीहरूका अधिकार तथा गुनासो प्रस्तुत गर्ने प्रक्रियाबारे अभिमुखीकरण प्रदान गरिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा एसएनजेडीका कार्यक्रम अधिकृत सुरज दंगालले विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष लवनसिंह राजवंशीलाई गुनासो पेटिका हस्तान्तरण गरेका छन्। साथै, उनले विद्यार्थीलाई गुनासो सुनुवाई कार्यविधि २०७४ सम्बन्धी प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरे। कक्षा ७, ८, र ९ का विद्यार्थीलाई लक्षित उक्त प्रशिक्षणमा प्रशिक्षक दंगालले विद्यालयमा कुनै समस्या, अन्याय वा असुविधा भोगेमा गुनासो पेटिकामार्फत प्रशासनसम्म आफ्ना कुरा पुर्‍याउन सकिने जानकारी दिए। उनले यस्तो संयन्त्रले विद्यार्थीको हकहित सुरक्षित गर्ने, विद्यालय वातावरणलाई अझ अनुशासित, न्यायोचित…

Read More

बिर्तामोड, २० फागुन । ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ओली एण्ड एशोसिएट्सले आज बिर्तामोडमा अध्ययनका लागि विदेश गएका विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै अन्तरक्रिया गरेको हो । एशोसिएट्सले अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यनाडालगायतका देशहरुमा जाने बिद्यार्थीका अभिभावकहरुलाई त्यहाँको अवस्था र सहनसहनका बिषयमा जानकारी गराउँदै त्यहाँ रहेका बिद्यार्थीहरुको अवस्था बारे जानकारी गराएको थियो । ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सी बिर्तामोड शाखाका प्रमुख अशोक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीका संस्थापक भवानीप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड शाखा प्रमुख अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि भवानीले गएका…

Read More

बिर्तामोड, २० फागुन । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाएर स्वागत गर्नु भयो । स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान…

Read More

झापा, २० फागुन । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । त्यस्तै लुम्बिनी प्रदेशको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ। आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। त्यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावनासमेत छ। ‘वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन,…

Read More