झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ फागुन । झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् । विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ । आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

Read More

बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनाको घाइतेको आज मृत्यु भएको छ । गत फागुन १३ गते बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा लालमाटीचोकबाट रामचोकतर्फ आउँदै गरेको म प्र ०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक जिल्ला झापा कचनकवल गाउँपालिका–३ का १९ वर्षीय गोविन्द राजवंशीको टाउको, अनुहार र खुट्टामा चोट लागेर बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही स्थानका १८ वर्षीय अमित राजाको छातिमा चोट लागेको छ । उनको सोही अस्पतालमा…

Read More

बिर्तामोड, १५ फागुन । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको छ । भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएको हो । उहाँ करिब ३ महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादा लगाएर विदाई गर्नु भयो । बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिका सदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराज बाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।…

Read More

हल्दिबारी, १५ फागुन । झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक वनाको मृत्यु भएको छ । हल्दिबारी गाँउपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराई आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वन हल्दिबारीमा घाँस काटन गएकोमा फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरी मृत अवस्थामा फेला परेको हो । कानुनि प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

धरान, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि…

Read More

बिर्तामोड, १५ फागुन । झापाको बिर्ताामोडमा एक पुरुषको शव फेला परेको छ । आज बिर्तामोडको बसपार्क पूर्वपट्टि दुर्गन्धित अवस्थामा शव फेला परेको हो । फेला परेको शव पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ । बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको प्रहरीले जनाएको छ । करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । उनको शव सड्न थालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकााश विष्ट जानकारी दिए । ‘शवको प्रकृति हेर्दा हत्या जस्तो…

Read More

मोरङ, १५ फागुन । सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १४ गते बिहान सुनसरीको इटहरी उपमहानगरपालिका(५ स्थितमा अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा स्थानीय २६ वर्षीय बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धनकुटाको सहिदभुमि गाउँपालिका-३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २०ट्याबलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ…

Read More

झापा, १५ फागुन । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो । महाशिवरात्रिमा प्रहर…

Read More

झापा, १५ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ…

Read More

मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्ला। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। वृष : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम रहेको छ। मिथुन : अवसरै अवसरले घेरिनु हुनेछ। मन खुसी र प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ। कर्कट : क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस…

Read More