
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सरोज भट्टराईशिवसताक्षी, २० चैत । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । साविकको सानो सडकललाई १० मिटर चौडा गरेर कालो पत्रे गरिएको हो । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको सम्पन्न भएको नगरप्रमुख मेघाहाङ्ग थोप्राले जानकारी दिनु भयो । उहाँले उक्त सडक नगरपालिका हुँदै भारतको सिमाना सम्म जाने भएकाले सवारीको चापलाई मध्यनजर गर्दै सडक चौडा गरिएको बताउनुभयो । हाल निर्माण भएको स्थानबाट दक्षिण पनि सडकको दुवै पट्टीको भागमा माटो पुर्ने काम भएको…
सन्तोष शर्मा झापा, २० चैत । झापामा ६८ औं सहकारी दिवस मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा आज ‘सहकारीमा नवप्रवर्तनको प्रबद्र्धन उत्प्रेरणात्मक कार्यक्रम’ गरी दिवस मनाइएको हो । यस वर्षको ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ आयोजित कार्यक्रमममा जिल्लाभरिका सहकारीकर्मीको बाक्लो उपस्थिति थियो । संघमा आबद्ध सदस्य सहकारीका सञ्चालक र कर्मचारीमा उत्प्रेरणा भर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गरिएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित सहकारी दिवस समारोहमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक नारायण प्रधानले ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिँनुहँदै…
सोलुखुम्बु, २० चैत। सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकोप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते…
झापा, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् । यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ…
काठमाण्डौ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौं ुबिम्स्टेकु सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो थाइल्यान्ड पुग्नुभएको हो । यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका…
विराटनगर, २० चैत्र । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा १२ घर अग्नि पिडित परिवारका प्रत्येक घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाल लगायत खाद्यान्नका सामग्री वितरण गरिएको हो । राहत वितरणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले विपदको समयमा पिडित परिवारलाई…
उदयपुर, २० चैत्र । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गतेकटारी नगरपालिका–४ स्थितबजारमा लागूऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसारपसारमा संलग्न रहेका कटारी–७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी–८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी–४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET– ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET-…
धनकुटा, २० चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीलेभेडेटार रवी(राँके सडक खण्डमाको। १ च ३४७८ नम्वरको मारुती कारलाई शंकालागि चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भएसंगै कार र चालक बिराटनगर महानगरपालिका–१५का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
विराटनगर,२० चैत्र । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ–८ बोतल, मोरङको विराटनगर महानगरपालिका–१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका–४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी –४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। यसैगरी इलाका प्रहरी कार्यालय…
झापा, २० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर…