झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ फागुन । च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको कराचीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।

Read More

म्याग्दी, ९ फागुन । म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी जिल्ला अदालत म्याग्दीबाट यही फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताउनुभयो । पोखरामा रहेको सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४…

Read More

काठमाण्डौ, ९ फागुन । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उहाँको…

Read More

दमक, ९ फागुन । टोल नगर हुँदै राष्ट्रसम्मको सामाजिक रूपान्तरणको निम्ति भन्ने उद्देश्यले स्थापना भएको सानो प्रयास युवा समाजले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना कालमा स्थापना भएको यस संस्थाले समाजमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। समाजसेवा गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो । संस्थाले प्रत्येक महिना सरकारी स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने जाडोमा न्यानो कपडा वितरण गर्ने लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Read More

कनकाई, ९ फागुन । होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको नयाँ नेतृत्व चयनसँगै पद हस्तान्तरण भएको छ। कनकाईको पर्यटकीयस्थल जामुनखाडीमा बिहीबार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयनसँगै पद हस्तान्तरण भएको हो । संघको अध्यक्षमा पुनः दलकुमार श्रेष्ठ चयन हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तिलकबहादुर श्रेष्ठ, उपाध्यक्ष द्वयमा ईश्वरबहादुर राई र पिताम्वर पाठक, सचिवमा कैलाश बराल, सहसचिवमा झुमा गौतम, कोषाध्यक्षमा सुरेश तिवारी चयन हुनुभएको छ । संघको सदस्यमा गोपाल सिटौला, पर्शुराम राजबंशी, कुमार बास्तोला, अमृता कार्की (चौलागाईं), रामकुमारी राई (पुनम), सागर गिरी र इन्द्रप्रसाद भट्टराई (आई पी) चयन हुनुभएको छ । नयाँ नेतृत्व चयनका लाग्य निर्वाचन समिति संयोजक होटल…

Read More

झापा, ९ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी…

Read More

झापा, ९ फागुन । नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै लिगचरणको अन्तिम खेल अघिनै उपाधि भिडन्त पक्का गरेको हो। नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी साम्बाले निर्णायक गोल गरिन्। लेबनान लगातार दोस्रो हारसँगै लिगचरणबाटै बाहिरिएको छ। नेपालको जितले म्यानमारको पनि फाइनलमा स्थान पक्का भएको छ। लेबनानमाथि नेपालले एक वर्षभित्रमै दोस्रो जित दर्ता गरेको हो। यसअघि साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल २–१ ले विजयी भएको थियो।

Read More

मेष : लेनदेनमा विवाद उत्पन्न हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्‍याउनुहोला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने मन शान्त हुने समाचार सुन्नमा आउला। भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने। वृष : रमणीय यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने…

Read More

बिर्तामोड, ८ फागुन । बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १माफागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५ गते शिवर…

Read More

झापा, ८ फागुन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए । ‘उहाँहरुले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’…

Read More