
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, १२ पुस । झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविरको पाँचौँ दिन बिहीबारसम्ममा ४०१ जनाले सेवा लिएका छन् । बिहीबार कचनकवल–४ को वडा कार्यालयमा आयोजित शिविरमा थप १२८ जनाले सेवा लिएसँगै सेवा लिनेको संख्या ४०१ पुगेको हो । कचनकवलको १, २, ३, ४ र ५ नम्बर वडामा शिविर सम्पन्न भइसकेको गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समिति संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो । साताव्यापी शिविर अन्तरगत बिहीबार १२८ जनाले सेवा लिएकामध्ये ७८ जना पुरुष र ५० महिला रहेका छन् । उनीहरुमध्ये ७२ जनासँग अपाङ्गता परिचय पत्र छ भने ५४ जनासँग छैन…
झापा, ११ पुस । झापा जिल्लाको कचनकवल गाउँपालिका–७ बलुवाडीमा ३० वर्षीय रमेश राजवंशी आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार रमेशले कालो सलको पासो लगाएर आत्महत्या गरेका हुन्। घटना २०८१ साल पौष ११ गते साँझ करिब ५स्३० बजे भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ९इप्रका० बनियानीका प्रहरी निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। इप्रका बनियानीबाट करिब ५।५ किलोमिटर पश्चिममा पर्ने घटनास्थलमा प्रहरीले मृतकको झुण्डिएको अवस्थाको प्रारम्भिक विवरण संकलन गरेको छ। हालसम्म रमेशले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति…
झापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुरी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आजदेखि शुरु भएको ‘दोस्रो भेलागुरी पर्यटन महोत्सव’ शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिका–२ भेलागुरी सामुदायिक वन उपभोक्ता समूहले भेलागढी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आयोजना गरेको महोत्सव पुस ११ गतेदेखि २१ गतेसम्म चल्नेछ । महोत्वसमा स्थानीय उत्पादनसँगै स्थानीय परिकारहरु घुँगी, गंगटा, माछा लगायतका परिकारको स्टल रहने वन समूहका सचिव खगेन राजवंशीले बताउनुभयो । “सरोकारवाला निकायका मानिसलाई बोलाएर पर्यटकीयस्थलको बारेमा जानकार गराउन पनि महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “प्रचुर सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास हुन सकेको छैन ।” उद्घाटन कार्यक्रममा…
झापा, ११ पुस । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे । विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए…
बिर्तामोड, ११ पुस । बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । ुस्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुदु भन्ने मुख्य नाराको साथ पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । यस्तै निधि मावि बिर्तामोड २ द्वितीय र महेन्द्रज्योती मावि बिर्तामोड १० तृतीय भएका छन् । प्रतियोगितामा प्रथम महेन्द्र रत्नले ११ स्वर्ण, ९ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै द्वितीय निधि माविले १० स्वर्ण, ४ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै तृतीय भएको महेन्द्र ज्योतिले १० स्वर्ण…
शिवसताक्षी, ११ पुस । झापाको शिवसताक्षीमा ९५ वटा समुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका–२ को पशु स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप र बध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ९५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो । सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको संक्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्धाकरण र खोप कार्यक्रम चलाइएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । रेविज एक घातक रोग हो जुन प्रायः कुकुरबाट मानिसमा सर्न सक्छ, त्यसैले…
मोरङ, ११ पुस । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् । पीडितसँगको प्रारम्भिक बयान एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२…
भोजपुर, ११ पुस । भोजपुरको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उनले जानकारी दिए । गम्भीर घाइते भोजपुर नगरपालिका–५ का…
बिर्तामोड, ११ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा आज कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएससंग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो । नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोक देखि शिवालय जाने सडक , तारानाथ चोक देखि पथरभिटा जाने सडक,…
बिर्तामोड, ११ पुस । बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ । तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा सक्ने भनेपनि छात्र तर्फको भलिबल प्रतियोगिता सम्पन्न नहुँदा बुधबार सबै सबै पुरस्कार वितरण हुन सकेन । बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीका अनुसार छात्र भलिबल र समग्र विद्यालयमा प्रथम, द्वितीय र तृतीयको नतिजा आज घोषणा गरेर पुरस्कार वितरण गरिनेछ । छात्रा भलिवल लगायत अन्य विधाका खेल विजेता विद्यालयहरुलाई बुधबार साँझ पुरस्कार वितरण गरिएको छ । जसमा भलिवल छात्रा तर्फ निदि माध्यमिक विद्यालय प्रथम, वाल्मीकी विद्यालय द्वितीय र टावर टेम्पल…