झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोडमा सिके प्रसाईको ३१ औं स्मृति दिवस मनाइएको छ । सिके चिन्तन प्रतिष्ठान झापाको आयोजनामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य सिके प्रसाईं ३१ औं स्मृति दिवस मनाइएको हो । सिके प्रसाई लगायत भूविक्रम नेम्बाङ, मच्छिन्द्रबहादुर केरुङ, फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, अमृतबहादुर आङदेम्बे, हर्षकुमारी थपलिया, हब्बुलाल राजवंशी, तुर्सा हेमरम लगायतका नेताहरुले प्रजातान्त्रिक समाजवादका लागि संघर्ष गरेकै कारण लामो समय निर्वासित जीवन ब्यतित गर्नुपरेको थियो । कार्यक्रमका विशेष अतिथि कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, कांग्रेस झापाका सभापति देउकुमार थेवे, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाल लगायतले निष्ठाको राजनीति उहाँको परिचय भएको…

Read More

भद्रपुर, ८ फागुन । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज…

Read More

१. मुटुरोग नियन्त्रण गर्छ – बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । २. भिटामिन र खनिज पदार्थ प्रसस्त – गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ । ३. चुरोटखाँदा हुने असर कम गराउछ – गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ । ४. पाचनशक्ति बढाउछ – गोलभेडाको नियमीत सेवनले…

Read More

भीमसेन लामा निर्देशित फिल्म ‘कामा’ मार्च ७ मा बेलायतमा रिलिज हुने भएको छ । एक्सन(थ्रीलर फिल्म उक्त मितिमा २६० पर्दाबाट रिलिज हुने जनाइएको छ । बेलायतका बिभिन्न स्थानमा खिचिएको फिल्मले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने चित्रण गरेको छ । फिल्ममा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन् । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा विशारद बस्नेतले लेखेका हुन् । पटकथा हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् । अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण…

Read More

झापा, ८ फागुन। झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह,…

Read More

गोरखा, ८ फागुन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठुलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा…

Read More

काठमाण्डौ, ८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले कक्षा ११ र १२ को आउँदो वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । कार्यालयले साधारणतर्फ रजिस्ट्रेशन नम्बरमा शुरूका दुई अङ्क ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरूका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

Read More

झापा, ४ फागुन । झापामा लागू औषधसहित तीनजना पक्राउ परेका छन् । गएराति १२ः१५ बजे अर्जुनधारा नगरपालिका–११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा– ११ बस्ने अन्दाजी २९ वर्षीय मनिष प्रधान र सोही ठाउँका अन्दाजी ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै हिजो साँझ ५ बजे झापा गाउँपालिका(४ टाघनडुब्बामा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ पथरी शनिश्चरे(८ बस्ने २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका तीन…

Read More

शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ । साधारणतया भिटामिन ए, बी, सी र डी लाई लिएर हामी सचेत हुन्छौं तर शरीरलाई अतिआवश्यक पर्ने भिटामिन ईको विषयमा भने धेरैले चासो दिएको पाइँदैन भिटामिन ईको कमी भएमा शरीरमा सामान्यदेखि गम्भीर खालका समस्या देखिन सक्ने पोषणविद् लीलबहादुर नेपाली बताउँछन् । ‘सबैभन्दा बढी शरीरलाई चाहिने भिटामिन सी र डी जस्तै, भिटामिन ई पनि शरीरको लागि अतिआवश्यक तत्व हो । तर यसबारे धेरैको ध्यान पुगेको देखिंदैन,’ उनी भन्छन् । भिटामिन ईको स्रोत पोषणविद् नेपाली भिटामिन ई हामीले खाने खानाबाटै प्राप्त गर्न सकिने बताउँछन् । भिटामिन ईको कमी वनस्पतिको तेल, विभिन्न फलफूल र…

Read More

एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण आयोजना हुने भएको छ । आयोजक एपिक नेपाल म्युजिक प्रालीले शनिवार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो । मध्यपुर थिमी शंखधरपार्क भत्तपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरी ३२ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड ३२ विधामा हुने जानकारी दिइयो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र पुरीले जानकारी दिए ।…

Read More