झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बाजुरा, ६ पुस । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान ४ः१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

Read More

नवलपरासी, ५ पुुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिँदा २२ जना घाइते भएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् । सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँडामा बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रो बस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रो बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जना गम्भीर रहेको र उपचारको लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय सुनवलका…

Read More

झापा, ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।

Read More

झापा, ५ पुस । झापा छुट्टाछुट्टै स्थानबाट पाँच जना प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । झापा गाउँपालिकाबाट दुई जना र भद्रपुर नगरपालिकाबाट तीन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ बाट को. २० प ९१६१ नम्बरको मोटरसाइकल पार्किङ गरी सोही स्थानमा बसिरहेका भद्रपुर–७ का ३० वर्षीय सुनिल चौलागाई र झापा गाउँपालिका–४ का २७ बर्षिय मोहम्मद अब्दुल बिहीवार राति ९ बजे पक्राउ गरेका छन् । उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा सुनिल चौलागाईको पाइन्टको गोजीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ०।७८ मिलि ग्राम फेला परेको थियो । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई थप…

Read More

बिर्तामोड, ५ पुस । बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर सेवा…

Read More

भद्रपुर, ५ पुस । प्रेस क्लब भद्रपुरले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई बधाई तथा सम्मान गरेको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा झापाका नवनिर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो । कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर-८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले उनीहरुलाई सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि पोखरेलले पत्रकारहरुसँग नगरपालिकाले सदैव सहकार्य गर्ने बताउनुभयो । उहाँले नगरपालिकालाई सञ्चारमैत्री बनाउनका लागि सञ्चार ऐन निर्माणको काम अघि बढाएको बताउनुभयो । नगरबाट…

Read More

भद्रपुर, ५ पुस । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कुल भद्रपुर–६ तथा सेन्ट जेभियर्स स्कुल बिर्तामोड–८ को नाममा ५—५ थान पोटेवल मेडिकल टेवल प्रदान गरेको हो । जेसियु सोसाइटीका समन्वयकर्ता गोविन्द कोइरालासित सहकार्य गरेर प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले अतिआवश्यक देखिएको औषधी सहित उपचारका सामग्री राख्न मिल्ने टेवल आकस्मिक उपचार कक्षका लागि सहयोग जुटाइएको हो । पे्रस क्लबका अध्यक्ष शंकरको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा सम्पन्न हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सर्वसाधारणको…

Read More

राजेश ढुंगानामेरो आस्थामेरो विश्वासत्रिपालभित्र सोफामा बसेकानेताहरू त्र्फ फर्केरभूईँमा टुसु–टुसु बसेकाकार्यकर्ता बन्दैमात्रएउटा तालीमाअनुवाद भएको छएउटाथपडीमा शुरु भएको थियोर त्यही थपडीमै समाप्त भएको छ । व्यापकछलफलपछि पनिबिना निष्कर्ष नैसभाका सभापतिलेसभा सकिएको घोषणा पश्चातपर्र… पर्र…ताली पड्काएरमेरो वर्तमान सकिएको छविगत जस्तैभविष्य पनि सकिएको छ मैले मेरै विरुद्धमा ताली पड्काएको छुतिमीले तिम्रै विरुद्धमाताली बजाएका छौहो, हामीलेहाम्रै विरुद्धमा अन्तिम ताली पड्काएका छौं ।

Read More

झापा, ५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा छ। तराई, खोँच तथा उपत्यकाका क्षेत्रका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ। यतिबेला तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु, कुहिरो र हिमपातको कारण देशका केही भूभागमा आज दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक…

Read More

झापा, ५ पुस । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा,…

Read More