झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

वनियानी.१० फागुन । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्। गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए। ‘दैनिक एक दुई जना फर्किरहेका छन्’, उनले भने, ‘आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।’ काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७…

Read More

एजेन्सी १० फागुन । अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् । अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा धेरै संघीय कामदारहरू हटाइएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । स्थानीय अदालतले कर्मचारी बिदा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमती दिएको हो । वाशिङटनका न्यायाधीश कार्ल निकोल्सले मुद्दाको शुरुवातमा लागू गरिएको अस्थायी…

Read More

झापा, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा चार जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिँदा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी लिलावती देवी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनामा कञ्चनरुप ७ का शिक्षक उपेन्द्रनारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा…

Read More

झापा, १० फागुन । बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लहकार समिति गठन गरेको छ ।झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा  र मन्दिरको उद्घाटनसंगै त्यसको व्यवस्थापन, सञ्चालन र रेखदेखका लागि संरक्षक सहितको व्यवस्थापन समिति निर्माण गरिएको हो ।मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल सहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडानम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ल ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक बनाइएको छ भने ३१÷३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति तयार गरिएको छ ।मन्दिर निर्माण…

Read More

नकुल काजी‘कुरूप यथार्थको‌ सुन्दर‌ तस्वीर‌’ भने‌जस्तै‌, ठ्याक्क त्यस्तै‌, आम अवधार‌णागत अपे‌क्षाको‌ विपर‌ीत दिशातिर‌ ठे‌लमठे‌ल लम्किर‌हे‌को‌ ‘र‌ाज्य’–को‌ विद्रुप अवस्था विद्यमान छ यसबे‌ला ! दे‌श र‌ दे‌शबासीका जीवनसम्पृक्त सार‌भूत अभीप्सा पूर्ण–सम्पूर्ण रूपले‌ दलनमा छटपटाइर‌हे‌को‌ छ । र‌, आ–आफ्ना झुण्ड र‌ गिर‌ो‌हद्वार‌ा अनुमो‌दित ‘तीन बूढा र‌ाजनीतिक से‌ले‌ब्रे‌टी’–को‌ असौ‌म्य आत्मश्लाघाले‌ श्रृङ्गारि‌त उन्माद र‌ मनमानीपूर्ण बाँकट्टे‌ तथा पार‌स्परि‌क उछित्तो‌ मञ्चनले‌ दे‌शमाथि ‘लो‌कतान्त्रिक गणतन्त्र’–को‌ पनि उसर‌ी नै‌ विरूप परि‌भाषा लादिइर‌हे‌को‌ छ । यो‌ के‌ माने‌मा भने‌ – अहिले‌ संघीय सांसदहरूको‌ ‘गणितीय बहुमत’–प्राप्तिबाट फुरुक्क दुई ‘उपल्ला ठूला दल’–को‌ उन्मादको‌ उत्ताल चुलिएको‌ तानाशाही उफ्रीपाफ्रीले‌ सो‌ अवस्था संपो‌षित छ । अर्कातिर‌ भने‌ ते‌स्रो‌ दलको‌ दङ्ग्याइ र‌ गनगनले‌ ‘नौ‌मती बाजाको‌…

Read More

झापा, १० फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४…

Read More

झापा, १० फागुन । बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ। कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, १० फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।…

Read More

चन्द्र बस्नेतकनकाई, १० फागनु । भूमि समस्या समाधानका लागि भूमि आयोगले झापाका चारपालिकासँग छलफल गरेको छ । नगरको सभाहलमा कनकाई, बिर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका प्रतिनधिसँग भूमि आयोगले छलफल गरेको हो । भूमि समस्या समाधान आयोगका प्रमुख हरिप्रसाद रिजाल, आयोगका बिज्ञ डा. जगत बस्नेत, आयोगका अनिल कृष्ण प्रसाईं, आरति भण्डारी, कोशी प्रदेश नापी अधिकृत संजिवकुमार शाहा, जिल्ला अध्यक्ष मोहनप्रसाद अधिकारी, उप–सचिव गोकुल ढुंगेल लगायतको टोलीले उनीहरुसँग छलफल गरेको हो । आयोगको टोलीले कनकाईमा आगामी बैशाख अगाडी नै पाँच सयभन्दा बढीलाई जग्गा धनीपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको छ्लफल कार्यक्रममा सहभागीलाई नगर…

Read More

मेष : कमजोर भएको अनुभूति हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। वृष : नयाँ कार्यको योजना बन्नेछ। काम गर्ने हौसला मिल्नेछ। सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने र चोटपटकको भय छ, सचेत रहनुहोला। मिथुन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। विवाद र प्रतिस्पर्धामा राम्रो जित हासिल होला। पुनर्मिलनको योग रहेको छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। आम्दानी बढाउने…

Read More