झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० फागुन । नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे । ‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपी कोइरालाले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू…

Read More

कनकाई, ९ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा शनिबार विशिस्ट व्यक्तिहरुको सहभागी रहने जनाएको छ। गत आइतबार बाट आगामी १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। महायज्ञमा भक्तजनहरुको भिड बढ्न थालेको छ । जारी महायज्ञमा दिनप्रतिदिन भक्तजन बढ्दै गएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । यसैबीच शनिबार भोलि विशिस्ट व्यक्तिहरुको आगमन हुने जनाएको छ। शनिबार भारतको सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा.मनिकुमार शर्मा,डा.जजमान गुरुङ ,सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त…

Read More

भद्रपुर, ९ फागुन । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुनु पर्ने भन्दै देशभरका शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले शिक्षक महासंघको नेतृत्वमा शिक्षा विकास समन्वय ईकाइ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको नेतृत्व टोलीले शिक्षा विकास समन्वय अधिकारी मार्फत झापाबाट शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको थियो । अध्यक्ष खरेलको अध्यक्षता तथा आदिवासी मधेशी शिक्षक महासंघका केन्द्रीय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न…

Read More

झापा, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू २०८४ अघि सरकारमा नजाने बताउनुभएको छ । पोखराको काजिपोखरीमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी ०८४ अघि सरकारमा नभई जनतामा जाने बताउनुभयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भइसके पछि प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति हुनुपर्ने उहाँले जनाउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भए मात्रै भ्रष्टाचार रोक्न सकिने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो । पार्टीका महासचिव देवप्रसाद गुरुङले नेपालमा माओवादी केन्द्रको विकल्प नभएको दाबी गर्दै सबै जाति, लिङ्ग, क्षेत्र, वर्गको प्रतिनिधित्व गर्ने पार्टी माओवादी केन्द्र…

Read More

कचनकवल, ९ फागुन । कचनकवल गाउँपालिका वडा नं. ६ मा चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित बजेटको खर्च अत्यन्तै न्यून देखिएको छ । उपलब्ध विवरणअनुसार कुल ४६ लाख ५० हजारको बजेट विनियोजन गरिए पनि फाल्गुण ९ गतेसम्म जम्मा ३ लाख ३० हजार १०३ मात्र खर्च भएको छ । जुन कुल बजेटको मात्र ६.०९ प्रतिशत हो । विभिन्न अनुदान तथा विकास योजनाहरूका लागि विनियोजित रकममध्ये कतिपय योजनामा कुनै खर्च नभएको देखिन्छ भने केही योजनाहरूमा आंशिक मात्र खर्च भएको छ । कतिपय योजनाहरूमा ८४ प्रतिशतसम्म खर्च भए पनि अधिकांश योजनामा रकम खर्च नगरिएको विवरण सार्वजनिक भएको छ । बजेट खर्चको यस्तो…

Read More

भद्रपुर, ९ फागुन । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक…

Read More

काठमाडौँ, ९ फागुन । हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगुन ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’को उपाधि सुमी मल्लले जितेकी छिन्। बुधबार राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’को उपाधि जितेकी हुन्। रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन्। त्यसैगरी, सञ्जु श्रेष्ठले फर्स्ट रनरअप, प्रिया खड्गीले सेकेण्ड रनरअप तथा स्वेता बज्राचार्यले थर्ड रनरअप घोषित भए। प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए। विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए। स्टेजमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मायाबी’का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई तथा निर्माता…

Read More

डा. ज्योति भट्टराई, मधुमेहरोग विषेशज्ञ१. नियमित शारीरिक व्यायाम गरौँ स् मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ । २. मानसिक तनाव कम गराऔँ स् तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ । ३।. सुर्तीजन्यरमदिराजन्य पदार्थ नखाऔँ स् सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन्…

Read More

नयाँ दिल्ली, ९ फागुन । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ । उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।’ समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई भनेको छ । गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । आत्महत्याको परिस्थिति, संस्थानका…

Read More

बोमलाल गिरीनवलपुर, ९ फागुन । नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् । घाइते ११ मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र पाँच जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ । भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले बताएका छन्…

Read More