झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी आज पाउन्ड, कुवेती, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भने सस्तिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०९ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि गएको मंसिर २८ गते अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा…

Read More

मेष : मनमा शान्तिको अनुभूत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। वृष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। मिथुन : समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ। कर्कट : मन कमजोर भएको अनुभूति हुनेछ। काममा अवरोध…

Read More

-:  व्यंग्यनारान पाँडे :-            ” मुर्रा….! इन्ड्यान मुर्रा भुइँसीका तिग्रे-गर्धने-जुरे छाउराहेरू !… तेस्सिमा साँढेहरले याे बुद्द भग्वान जन्मेकाे पइत्र र अहिम्साकाे देशकाे बाटाे  हुँदै अब ‘मासु’-मा उल्था भई चाइना पुगेर खाने भए खैनी !… एत्राकाे वाइँवाइँ न आइँआइँ ! देशका छेराैटीले मर्न नसकेका पाेचा  जन्ता पढ्केहरमा  समविर्दि लेराउने एउडा आर्काे  माेष्ठ काम गरिबक्सिनु भ’छन्  हामेरका  ‘बा – आइलप इउ’ मउसुपले एसबाजी सपरिवाल चाइना भर्मनमा ग’र “… ….. जस्ता के-के दुर्बाेध गनगन गर्दै आज निकै सातापछि कमरेड हरिराम पुरेत बाजे मकहाँ आइरथे ।          उनले पनि टाउकामा सँधै हुने चुच्चे ढाका टाेपी-साेपी आफलेर  काग-स्टाइलकाे ‘बाल काटेकाे’ कपाल पाल्न थालेछन् । र, अरूहरू पनि…

Read More

झापा, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा,…

Read More

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ। वृष : मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मिथुन : मन पर्ने वस्त्र, अलङ्कार उपहार पाइनेछ। भ्रमण र तीर्थाटनको योग छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारीको…

Read More

झापा, १ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१० किरात चोकस्थि पूर्वपश्चिम राजमार्गमा रोकेर राखेको को २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडि मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक झापाकै मेचीनगर नगरपालिका–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो। मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका(५ की ३५ वर्षीया अनिता राई घाइते भएकी छन्। उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ।

Read More

भद्रपुर, १ पुस । डाइनामिक ग्रुप नेपालले भद्रपुरमा स्वर सम्राट नारायण गोपाललाई सम्झना गर्दै बृहद सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपमा आबद्ध रहेका राष्ट्रिय तथा स्थानीय गायक, गायिकाहरूले नारायण गोपालका कालजयी गीतहरू गाएर साँगीतिक साँझ सम्पन्न गरेका हुन् । ग्रुपका अध्यक्ष तथा गायक संगीतकार अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न साँगीतिक साँझको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए । साँगीतिक साँझमा अनिता पौडेल, अकिला कुमार झा, युनिक पाण्डे, ज्योति खाती, सिमरन आचार्य, वेदप्रकाश घिमिरे, उमेश पाण्डे, आयुष्मा घिमिरे लगायत स्थानीय गायक गायिकादेखि अर्जुन खरेल, गोविन्द रपभल लगायतले नारायण गोपालका गीत गाएर श्रोतालाई सुनाएका थिए भने मानवीय सेवामा महत्वपूर्ण योगदान…

Read More

बिर्तामोड, १ पुस । झापाको दमक नगरपालिका–१० मा आइतबार राति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटना गौरादह नगरपालिका–५ की ३२ वर्षीया जमुना धिमाल र सोही स्थानकी २५ वर्षीया ओमकुमारी राई (मनचरी) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आइतबार राति २०ः१० बजे दमक–१० स्थित सेतुमारी चोक नजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–८ का २७ वर्षीय विराज…

Read More

झापा, ३० मंसिर । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा बृहत् कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम मनाइएको हो । झापासँगै इलाम, पाँचथर, मोरङ, सुनसरी लगायत जिल्लाबाट जातीय पहिरनमा सजिएर चासोक तङ्नाम मनाउन हजारौंको संख्यामा आएका लिम्बू समुदायले आफ्नो जातीय, मौलिक र परम्परागत विविध प्रस्तुती दिएका थिए । च्याब्रुङ (लिम्बू जातिको मौलिक बाजा)को तालमा जातीय पहिरनमा सजिएका युवा–युवतीले केःलाङ (च्याब्रुङ नाच) ले चासोक तङ्नामलाई अझ समाइलो बनाएको थियो । याःलाङ (धान नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नि राईले…

Read More

झापा, ३० मंसिर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१…

Read More