
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ पुस । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने क्रममाा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य…
हेटौँडा, ९ पुस । हेटौँडा–भैसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा हजोसाँ झ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल निवासी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए । सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार सोही ठाउँका २५…
बिर्तामोड, ९ पुस । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो ।चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो ।बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो…
शिवसताक्षी, ८ पुस । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आइतबारबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं.०१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो । कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा कार्यक्रमको उद्घाटन गरेका छन् । उनले उद्घाटनको क्रममा बोल्दै सरकारले…
ताप्लेजुङ, ८ पुस । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो । यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए । यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो ।
काठमाडौँ, ८ पुस । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले दिनानुदिन बढ्दै गइरहेको आत्महत्या समस्या समाधानका सम्बन्धमा छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले आत्महत्या बढ्दै जानुको कारण पत्ता लगाइ तत्काल योजना बनाएर काम गर्न नसके आत्महत्या दर बढ्दै जाने विचार व्यक्त गर्नुभयो । आत्महत्याका घटना हुनुअघि उपचारात्मक कार्यक्रम सञ्चालन गर्न सरकारलाई सांसदहरुले सुझाव दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्याका रुपमा देखिएको मानसिक स्वास्थ्यका लागि सरकारले अलग्गै बजेट छुट्याउनुुपर्नेमा जोड दिँदै सांसदहरुले रोजगारी तथा पेसा व्यवसायमा आम नागरिकलाई अवसर प्रदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले आत्महत्या एउटा…
तेह्रथुम, ८ पुस । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो । तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ । पुल…
कचनकवल, ८ पुस । झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ शिविर शुरु भएको छ। वडा नम्बर २ को वडा कार्यालयमा आज स्थानिय अपाङ्गता समन्वय समितिका अध्यक्षसमेत रहनुभएका पालिका उपाध्यक्ष नवराज भट्टराई, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम प्रवन्धक कमल कोइरालगायतले शिविर उद्घाटन गर्नुभयो। कार्यक्रममा करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम प्रवन्धक कमल कोइरालाले अपाङ्गता पहिचान, रोकथाम र पुनर्स्थापनाका विषयमा प्रकाश पार्नुभयो। उहाँले त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले कार्यक्रमको महत्त्वका विषयमा बताउँदै भन्नुभयो, “यो कार्यक्रम स्थानिय सरकार कचनकवल…
झापा, ७ पुस । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको…
मङ्गलबारे (इलाम), ७ पुस । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् । कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बन्नुभएको छ इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उहाँले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गर्नुभएको छ । उहाँ पूर्व वडाध्यक्षसमेत हुनुहुन्छ ।…