
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ पुस । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा…
मेष : सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्ग फक्रनेछ। साँझमा व्यस्तता बढ्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला। वृष : भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। नियमित खर्चसमेत बढ्ने योग छ। सामाजिक कार्यमा भने सफलता मिल्नेछ। साँझको समय प्यारो साथीसँग बित्नेछ। मिथुन : नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला। कर्कट : धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजन खान पाइनेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा…
झापा, ४ पुस । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको छ। न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाश कुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर एवं झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसी, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता रुद्र आचार्य, मालपोत कार्यालय भद्रपुरका प्रमुख मालपोत अधिकृत, कारागार कार्यालयका प्रमुख रेवन्त भट्टराई, जिल्ला समन्वय समितिका सचिव लगायत नापी…
झापा, ४ पुस । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच, बुधबार साँझ दमक नगरपालिका–६ बसपार्कमा निर्मला भारतीले सञ्चालन गरेको मिलन होटल एण्ड लजमा जिल्ला मोरङ मिक्लाजुङ गाँउपालिका–२ मधुमल्लाकी २७ वर्षीया प्रिति भन्ने…
अर्जुनधारा, ४ पुस । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज अर्जुनधारा नगरपालिका आएको जापनको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा र अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगर प्रमुख बलदेवको मैत्रिपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुई दिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको छ । झापा क्षेत्र नं. २ का संघीय सांसद तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समेतको नगरपालिका भएको हुनाले विशेष महत्वका साथ संघीय सरकारसँग पनि समन्वयात्मक कार्यक्रमहरू गर्ने प्रतिवद्धता दुवै मेयरहरूले…
झापा, ४ पुस । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्म समारोह सम्पन्न गरेको छ ।कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महातारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित उक्त विशेष कार्यक्रममार्फत रजत वर्षको लोगो सार्वजनिक गर्दै २५ जना ज्येष्ठ सदस्य र २५ जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । साकोसको नीति अनुसार संस्थाको सेयर सदस्य…
इलाम, ४ पुस । इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १ लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य १२ वर्षयताकै उच्च हो । रोगका कारण खेतीप्रति निराश भएका किसानहरू मूल्य वृद्धिले उत्साही भएका छन्। माइमझुवाका किसान गिरिराज खनालले पुराना बगान मासेर नयाँ बगान विस्तार गर्दै उत्पादन दोब्बर बनाएको बताए। खनालले भने, ‘अलैंची खेतीले विदेश जानुपर्ने बाध्यता हटाएको छ।’ २०७९ सालमा प्रतिमन ३२,००० रुपैयाँ रहेको अलैंचीको मूल्य २०८० सालमा ६०,००० रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको मङ्सिरसम्ममा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको २० लाख किलो अलैंची निर्यात भइसकेको…
विनोद सापकोटा झापा, ४ पुस । समाज र धार्मिकसेवामा जीवन समर्पित तुलसा देवी ओलीले जाडोको कठ्याङ्ग्रिँदो मौसममा विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्दै मानव सेवा र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्। झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर ४ सालमाराका १३० जना विद्यार्थीलाई बुधबार जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान गरिन्। परिवारका सदस्य सहित विद्यालय हातामै पुगेर उनले सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानिय जन प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति थियो। यो सिजनमा मात्र ओलीले करिब १० लाख बराबरको आर्थिक सहायताका कार्यक्रम सञ्चालन गरेकी छन्। जिल्लाका शिवशताक्षी, कन्काई, भद्रपुर र…
झापा, ४ पुस । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो बनाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । उनले उक्त काम भ्रामक र गलत भएको स्पष्ट पारे । टेलिकमका…
झापा, ४ पुस । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।…