झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ पुस । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो । मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड…

Read More

झापा, ३ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ । बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा…

Read More

झापा, ३ पुस । नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। अमेरिकी डलरले दिनहुँ महँगो मूल्यको नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ। हिजो पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको छ। त्यसैगरी आज पाउन्ड, कुवेती, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर अस्ट्रेलियन डलर भने सस्तिएको छ। हिजो पनि अस्ट्रेलियन डलरको मूल्य घटेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा छ। अमेरिकी…

Read More

बिर्तामोड, २ पुस । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ÷नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुईदलीय स्पिड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्थानीयदेखि संघीय सरकारसम्मका गतिविधि प्रभावकारी बनाउन ‘सत्ता साझेदार दल राजनीतिक संयन्त्र’ बनेको बताउँदै स्थानीय तहमा विधानतः दुईदलका पार्टी सभापति, निर्वाचित जनप्रतिनिधि एवं दुई दलले सिफारिस गरेका दुइ–दुईजना सदस्य रहने ब्यवस्था रहेको…

Read More

विराटनगर, २ पुस । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट केन्द्रिय अनुसन्धान व्युरो काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । पुस २ गते आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश…

Read More

विराटनगर, २ पुस । गरीमा विकास बैङ्क लिमिटेड विराटनगर शाखाले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । पुष २ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्षेत्रीय कार्यालय इटहरीका सुर्य प्रसाद पौडेलले डिजिटल बैङ्किङ तथा बैङ्किङ सुरक्षा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो भने उपस्थित प्रहरी कर्मचारीबाट उठेका जिज्ञासाहरुको सम्बोधन समेत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दाहालले डिजिटल वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले प्रहरी कर्मचारीहरुलाई डिजिटल बैङ्किङ तथा बैङ्किङ सुरक्षा सम्बन्धी जानकारी हुनुको साथै सचेतना बृद्धि समेत भएकोले प्रशिक्षण प्रदान गर्नु हुने महानुभावहरुलाई…

Read More

बझाङ, २ पुस । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४।३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो ।

Read More

झापा, २ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनीमाथि शंका लागेर चेकजाँच गर्दा मुखमा लुकाएर ल्याउदैं गरेको खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम ८५० मिलिग्राम (प्लाष्टिकबाहेक २ ग्राम ३९० मिलिग्राम) फेला परेको नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि बिर्तामोड झापाको साधारणसभा सम्बन्धी सूचना !

Read More

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि बिर्तामोड झापाको साधारणसभा सम्बन्धी सूचना !

Read More