बिर्तामोड, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा पार्टी अडिग रहेको बताएका छन्। प्रेस सन्टर नेपालद्वारा ललितपुरमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै दाहालले आगामी फागुन २१ गतेको निर्वाचनलाई सफल बनाई मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले जेनजी पुस्ताको भावना समेटेर संविधान संशोधन गरी समाजमा देखिएको निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन र आर्थिक समृद्धिको बाटोमा राष्ट्र अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै दाहालले आवश्यक परे संयोजक पदबाट पनि पछि हट्न तयार रहेको जानकारी दिए। कार्यक्रममा करिब ३० सम्पादकहरूको उपस्थिति थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

