add
विचित्र विश्व

किन गरे छोराले वृद्ध आमाको विभत्स तरिकाले हत्या ?

add

छत्तीसगढको कोरबा जिल्लाको रामाकछार गाउँमा २५ वर्षका एक युवकले ५० वर्षकी आमालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरे । दिलिप नाम गरेका ती युवकले सपनामा आमा बोक्सी भएको र आफ्ना पिता तथा भाइको मृत्युको जिम्मेवार भएको देखेपछि यस्तो गरेका थिए ।

दिलिपका पिता रामलाल र भाइ सन्दिपको केही समय पहिले मृत्यु भएको थियो । दुवैको मृत्युपछि दिलिप तन्त्रमन्त्रतिर लागेका थिए । घरमा उनले साधना स्थल बनाएका थिए ।

३१ डिसेम्बरका दिन बिहान साढे १० बजे उनले आमाको हत्या गरेका थिए । त्यसपछि उनले लाशबाट बगिरहेको रगत पिउन थाले । यही बेला छिमेककी महिला समारिन त्यहाँ पुगिन् । दिलिपलाई नरभक्षी हालतमा देखेकी उनी डराएर भागिन् । ३ दिन चुप रहेपछि बिहीबार साँझ उनले गाउँलेसँग पुलिसकहाँ गएर घटनाको जानकारी दिएकी छिन् । पुलिस शुक्रबार घटनास्थल पुग्यो जहाँ चुलोको खरानीमा सुमरियाका हड्डीहरु भेटिए । कोठामा भित्तामा रगतका छिटा थिए र साधनास्थलमा मृतक महिलाको मासु राखिएको थियो । हत्यामा प्रयोग गरिएको हतियार बरामद भएको छ । दिलिप भने फरार छन् । एजेन्सी

Facebook Comments