add
मनोरञ्जन

निशुको ‘म कहाँ थिएँ…’को म्युजिक भिडियो सार्वजनिक

अनिल वाग्ले
बुधबारे, २५ पुस । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेका बेला हालै उनले अर्को नयाँ गीत म कहाँ थिए बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् ।

नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

युवा अवस्थाको प्रेम रोमान्स् माया र धोकालाई नजिकबाट केलाइएको गीत हरेक प्रेमील जोडीले हेर्नेपर्ने गीत रहेको छ । भिडियोमा नवीन के तिमल्सिनाको सम्पादन तथा निर्देशन रहेको छ ।

Facebook Comments